Author: Scoop Khabar

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले श्रमिक वर्गलाई निरङ्कुश राजतन्त्र पुनःस्थापनाको सपना देखिरहेका असहिष्णु र अराजक प्रवृत्तिविरुद्ध एकताबद्ध हुन आह्वान गरेका छन्। १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानबाट समाप्त गरिएको राजतन्त्र फर्काउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरे। “चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक घटनाले राजतन्त्रवादीहरुको अराजकताले कस्तो रूप लिएको स्पष्ट देखियो,” ओलीले भने, “शान्ति कायम गर्न उभिएका प्रहरीलाई गाडीले किच्ने काम भएका छन्, यस्तो प्रवृत्तिको हातमा सत्ता पुगे के होला भन्ने सोच्नुपर्छ।” प्रधानमन्त्री ओलीले कलाकारको स्वतन्त्रतासमेत स्वीकार नगर्ने प्रवृत्ति देखिएको भन्दै, यस्तो असहिष्णु मानसिकता…

थप

काठमाडौं । भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ । एबीभीपीले बिहीबार अबेर विज्ञप्ति निकाल्दैभारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ । केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेष्टर अध्ययन गर्दै रहेकी वीरगञ्ज निवासी प्रिशा शाह बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही…

थप

वीरगन्ज।सशस्त्र प्रहरी बल नेपाल पर्साले मदिरा सहित मोटरसाइकल पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको प्रहरी टोलीले अमरपर्टीको दशगजा क्षेत्रबाट नेपालबाट भारत तर्फ जाँदै गरेको मदिरा सहित मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका मदिरा १ लाख ३० हजार बराबरको अवैध मदिरा र मोटरसाइकल बरामद गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताउनुभयो ।

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले वरिष्ठताको आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा निकाल्न सफल भए । २०८२ वैशाख १५ गते सरकारले ६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु चन्द्रकुवेर खापुङं, लाल मणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गरेको थियो । डिआईजीको बरीयताअनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा नै आईजीपी थापा सफल भए । अब सरकार र आईजीपी थापाको चासो डिआईजी बढुवामा रहेको छ । अहिले डिआईजीका लागि १० पद रिक्त रहेका छन् । जसमा दुई दर्जन प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बीच प्रतिस्पर्धा हुने भएको छ । डिआईजी बढुवामा अब गृहमन्त्री रमेश…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरूवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए । व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन…

थप

वीरगञ्ज । कलैया उपमहानगर-१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए । हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन ।पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

थप

वीरगन्ज १८ बैशाख नेपाल र भारतको सिमा आवतजावत गर्नेहरुले दुबै देशको अधिकारी परिचयपत्र देखाउनुपर्ने सहमति भएको छ।नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूको बैठकमा खुला नाकाबाट आवतजावत गर्नेहरूले दुवै देशका सीमा अधिकारीलाई परिचयपत्र देखाउनुपर्ने सहमति भएको छ । भारत, बिहारको पश्चिम चम्पारणस्थित तीनलालटेनमा दुई देशका सीमा सुरक्षा अधिकारीहरूबीच भर्खरै सम्पन्न भएको बैठकमा आगामी दिनमा दुवै देशका नागरिकले सीमामा ओहोरदोहोर गर्दा अनिवार्यरूपमा पहिचान खुल्ने परिचयपत्र बोकेर हिंड्नुपर्ने सहमति बनेको स्रोतले जनाएको छ । भारतमा आतङ्कवादी क्रियाकलाप बढेको र आतङ्कवादी गतिविधिमाथि निगरानी राख्न खुला सीमा ओहोरदोहोर गर्दा परिचयपत्र बोक्नुपर्ने अवधारणा ल्याइएको हो । आतङ्कवादमा लागेका पाकिस्तानीहरू भारतबाट नेपाल प्रवेश गर्न सक्ने सम्भावना रहेकाले…

थप

काठमाडौं । यतिबेला जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो भाइरल भइरहेको छ । सामाजिक संजाल फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले पेस्तोल पड्काएको समेत स्पष्ट देखिन्छ । उक्त भिडियो वैवाहिक समारोहका क्रममा खिचिएको हो । भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । डा. यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ निवासी हुन् । उनी राष्ट्रियसभा सदस्य तथा जसपाका उपाध्यक्ष मृगेन्द्र सिंह यादवकी छोरी हुन् । सप्तरी प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

थप

कृष्ण यादव वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले तीन महिनाको अवधिमा १२ करोडभन्दा बढीको अवैध सामानहरु नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया र भन्सार कार्यालय वीरगन्जमा बुझाएका छन् । पर्सा प्रहरीले सिमानाकामा हुने तस्करीमा कडाई गरि माघ १४ गतेदेखि वैशाख १७ गतेसम्म १२ करोड २३ लाख ५० हजार २५४ रुपैयाँ बराबरको अवैध सामानहरुसहित ५० वटा सवारीसाधन बरामद गरि राजश्व अनुसन्धान तथा भन्सार कार्यालय वीरगन्जमा बुझाएको हो । पर्सा प्रहरीले सो रकम बराबरको अवैध भन्सार छलि नेपाल भित्राएको खाद्यान्न, लत्ताकपडा, हार्डवेयर, आईसिपी भन्सार वीरगन्जबाट भन्सार भई जाँचपास भएको प्रज्ञापन पत्र भन्दा बढी भन्सार छलेर लुकाईछिपाई लगिरहेको…

थप

काठमाडौं । जनमत पार्टी अध्यक्ष डा. सिके राउतले रेशम चौधरीको पक्राउलाई ‘माथिबाटै डिजाइन गरिएको षड्यन्त्र’ भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले सर्वोच्च अदालतको पत्रको आधारमा गरिएको गिरफ्तारी असामान्य भएको दाबी गर्दै भने, “कर्मचारीहरू त केवल मोहरा मात्रै हुन्।” चौधरी सर्वोच्च अदालतको भ्रमण पत्रका आधारमा कार्यक्रमस्थलबाट सादा पोशाकका कर्मचारीद्वारा पक्राउ परेका थिए। पछि अर्को पत्रमार्फत सर्वोच्च अदालतले उनलाई तुरुन्त रिहा गर्न आदेश दिएको थियो। राउतको भनाइ अनुसार, यो गिरफ्तारी सामान्य कानुनी प्रक्रिया नभएर गम्भीर राजनीतिक चाल हो।

थप