काठमाडौं । जनमत पार्टी अध्यक्ष डा. सिके राउतले रेशम चौधरीको पक्राउलाई ‘माथिबाटै डिजाइन गरिएको षड्यन्त्र’ भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले सर्वोच्च अदालतको पत्रको आधारमा गरिएको गिरफ्तारी असामान्य भएको दाबी गर्दै भने, “कर्मचारीहरू त केवल मोहरा मात्रै हुन्।”
चौधरी सर्वोच्च अदालतको भ्रमण पत्रका आधारमा कार्यक्रमस्थलबाट सादा पोशाकका कर्मचारीद्वारा पक्राउ परेका थिए। पछि अर्को पत्रमार्फत सर्वोच्च अदालतले उनलाई तुरुन्त रिहा गर्न आदेश दिएको थियो।
राउतको भनाइ अनुसार, यो गिरफ्तारी सामान्य कानुनी प्रक्रिया नभएर गम्भीर राजनीतिक चाल हो।
Facebook Comments Box
