काठमाडौं । यतिबेला जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचिरहेकी भिडियो भाइरल भइरहेको छ ।
सामाजिक संजाल फेसबुकमा भाइरल भइरहेको सो भिडियोमा नेतृ यादवले पेस्तोल पड्काएको समेत स्पष्ट देखिन्छ । उक्त भिडियो वैवाहिक समारोहका क्रममा खिचिएको हो ।
भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भइरहेको छ । डा. यादव सप्तरीको बोदे बरसाईन नगरपालिका–५ निवासी हुन् ।
उनी राष्ट्रियसभा सदस्य तथा जसपाका उपाध्यक्ष मृगेन्द्र सिंह यादवकी छोरी हुन् । सप्तरी प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
Facebook Comments Box
