Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो पाँच महिनामा २ अर्ब २४ करोडभन्दा बढी अर्ब राजश्व संकलन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले पछिल्लो पाँच महिनामा (२०८१ साउनदेखि मङ्सिरसम्म) २ अर्ब २४ करोड ११ लाख २० हजार ५८५ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै अवैध मालसमानबाट ९० करोड ५७ लाख ७३ हजार ९२६ रुपैयाँ राजश्व संकलन भएको छ । जुन प्रहरीले संकलन गरेको राजश्वको ४०.४२ प्रतिशत हो । त्यस्तै, दोस्रोमा ट्राफिक कारबाहीबाट ५२ करोड ७ लाख ८७ हजार ५२१ रुपैयाँ राजश्व संकलन भएको छ भने अदालती फैसला कार्यान्वयनबाट ४२ करोड ७४ लाख…
काठमाडौं । गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन् । यद्यपी उनले कसरी हत्या गरे भन्ने बारे भने पोष्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ । जापान जाने तयारीका लागि भाषा कक्षामा सहभागी सुस्मिता र देवबहादुर प्रेमी, प्रेमिका थिए । देवबहादुर केही समय जापान बसेर फर्किएका हुन् । थापा मंसिर ३० गते जापानबाट काठमाडौं आएका हुन् । ओखलढुंगा, सिस्नेरी स्थायी ठेगाना भएका थापा काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका, आलापोटमा बस्दै आएका थिए । मृतक सुस्मिताको घर…
काठमाडौं । सशस्त्र प्रहरीको मधेश प्रदेशस्थित नम्बर २ बाहिनीका बाहिनीपति (डीआईजी) कालिदास धौबजीलाई सशस्त्र प्रहरी मुख्यालयले छानबिनका लागि मुख्यालय बोलाएको छ । सशस्त्र मुख्यालयले बुधबार उनलाई सरुवा पत्र पठाएको हो । पदीय आचरणविपरीत काम गरेको भन्दै उनलाई सशस्त्र मुख्यालय बोलाइएको हो । उनीमाथि तस्कर समूहसँग मिलेर काम गरेको आरोप छ । सशस्त्र प्रहरीको मुलुकभर ८ वटा बाहिनी भएपनि पछिल्लो वर्षमा छानबिनका लागि बोलाइएका उनी पहिलो बाहिनीपति हुन् । सशस्त्र प्रहरीले आफ्नो वार्षिकोत्सवमा एक जनालाई उत्कृष्ट बाहिनीपति अवार्ड दिँदै आएकोमा धौबजी भने वार्षिकोत्सवको मुखैमा छानबिनका लागि मसख्यालय आउनु परेको छ । डीआईजी धौबजीको व्यवहारबाट त्यस क्षेत्रका व्यापारी र सशस्त्र प्रहरीका गणपति,…
काठमाडौँ । नेपाल प्रहरीका ५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालय, बढुवा समितिको सचिवालयको बिहीबार बसेको बैठकले प्रहरीका ५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो । डिआइजी बढुवा सिफारिस हुने एसएसपीमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल गोविन्द थपलिया रहेका छन् । बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा गरिएको हो ।
काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को रिक्त संख्या ५ पुगेको छ । बुधबार २ डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेसँगै रिक्त संख्या ५ पुगेको हो । यसअघि दुईजना एआईजी र एकजना डीआईजीले अवकाश पाएसँगै ३ पद रिक्त थियो । त्यसैले अब प्रहरीमा डीआईजीको रिक्त संख्या ५ पुगेसँगै करिब दुई दर्जन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु बढुवाको दौडमा छन् । यसअघि बढुवा गर्दा एसएसपीको वरीयताक्रम अनुसार नै बढुवा गरिएको थियो। अब पनि त्यसै गर्ने सम्भावना छ । तर ५ जना डीआईजीका लागि ६ जना एसएसपी मुख्य दाबेदार देखिएका छन् । एसएसपी ओमबहादुर राना अब डीआईजीमा बढुवा हुने एसएसपीको…
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। बुधबार बढुवा समितिको बैठकले डिआइजी कुबेर कडायत र रविन्द्र केसीलाई एआइजी बढुवामा सिफारिस गरेको हो। उनीहरु हालका प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरका ब्याचमेट हुन् । कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा निर्देशनालयमा कार्यरत छन् ।
काठमाडौं । नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पद रिक्त हुँदा पनि लामो समयदेखि बढुवा सिफारिस हुन सकिरहेको छैन । हाल एसएसपीको २५ पद रिक्त छ । प्रहरी उपरीक्षक (एसपी)हरुको चर्को प्रतिस्पर्धाका कारण बढुवा सिफारिस हुन नसकेको प्रहरी प्रधान कार्यालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृतले जानकारी दिए । बढुवामा जुनियर एसपीहरुले राजनीतिक शक्तिकेन्द्रमार्फत प्रहरी प्रमुखलाई चर्को दबाब दिएको कारण बढुवा रोकिएको हुनसक्ने ती अधिकृत बताउँछन् । उनले भने, ‘जबकी ती एसपीहरु कार्यक्षमतामा समेत कमजोर छन् ।’ सबैभन्दा बढी दबाब दिनेमा ४/५ जना एसपीहरु छन् । ती एसपीहरु हुन् पदम बिष्ट, योगेन्द्र सिंह थापा र चक्रराज जोशी, । यिनीहरु…
राखेपको उपाध्यक्ष नियुक्तदेखि सम्पत्ति शुद्धीकरण दिवस मनाउनेसम्म, यी हुन मन्त्रिपरिषद्का २० निर्णयहरू
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । एमालेनिकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् । सरकारले अघिल्लो हप्ता राखेप सदस्यहरू मनोनीत गरेको थियो । मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउन स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद्ले खानेपानी तथा सरसफाइ नियमावली, ऊर्जा विकास मार्गचित्र स्वीकृत गरेको छ भने निकासी पैठारीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय…
काठमाडौं । नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीहरुको सरुवा भएको हो । सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ । त्यस्तै रानिपोखरीका एसएसपी विनोद घिमिरेलाई भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ । अपराध अनुसन्धान विभागका कार्यरत रहेका एसएसपी भुपेन्द्र खत्रीलाई…
माओवादीको स्पष्टोक्तिः ‘शेरा दरबार’ प्रकरणमा प्रचण्डलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन
काठमाडौं । नेकपा (माअोवादी केन्द्र) ले नुवाकोटको शेरा दरबार प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको बताएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रचण्डको नाम जोडेर भइरहेको प्रचारप्रति आफूहरुको ध्यानाकार्षण भएको बताएका छन् । उनले उक्त प्रकरणमा मुख्य व्यक्ति भनिएका विकेश श्रेष्ठ पार्टीको कुनै जिम्मेवारी र गतिविधिमा संलग्न रहेको बताएका छन् । ‘केही सञ्चारमाध्यममा प्रकाशित नुवाकोटको ‘शेरा दरबार’ जग्गा प्रकरणमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको नाम जोडेर भइरहेको प्रचारबाजीप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकरणमा पार्टी अध्यक्षलाई जोडेर प्रचार गर्नुको कुनै आधार छैन। जग्गा प्रकरणका मुख्य भनिएका व्यक्ती विकेश श्रेष्ठ…