काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको नयाँ प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) दधिराम न्यौपानेले बुधबारदेखि औपचारिकरूपमा कार्यभार सम्हालेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग कर्मचारी प्रशासन शाखा नक्सालले सरुवा गरेको एकहप्ता पछाडि एसपी न्यौपानेले कार्यभार सम्हालेका हुन ।
प्रहरी प्रधान कार्यालयले पत्र (चलानी नम्बर ६५९६ )अनुसार उनको सरुवा स्याङ्जामा गरिएको थियो। जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कार्यालयका अधिकारी र कर्मचारीहरूले स्वागत गरेका छन् ।
यसअघि स्याङ्जाको प्रहरी नेतृत्व एसपी शालिग्राम शर्माले सम्हालेका थिए । अब एसपी न्यौपानेले जिल्लाको सुरक्षा, शान्ति र कानुन व्यवस्थाको जिम्मेवारी सम्हाल्नेछन्।
जिम्मेवारी सम्हाल्दै एसपी न्यौपानेले प्रहरी सङ्गठनको नीति अनुसार जिल्लामा शान्ति सुरक्षा कामय राख्न काम गर्न निर्देशन दिए ।
अपराध रोकथाम गर्न कुनै कसर बाकी नराख्न प्रहरी प्रमुख न्यौपानेले कडा निर्देशन दिएको एक अधिकारीले जनाए ।
