Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । पर्साबाट ठूलो परिणामका अबैध सामान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको अवस्थामा विभिन्न किसिमका सामान बरामद गरिएको हो । बरामद सामानहरु ईलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सुर्ती, चप्पल लगायतका मालबस्तुहरू रहेका छन । उक्त सामानको अन्दाजी रु.५६,४६,४२९।– (छपन्न लाख छयालीस हजार चार सय उन्नतीस) बराबरको रहेको कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएको छ ।
झापा । झापाको कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलाएको छ । गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते छन् । उनको बायाँ खुट्टामा गोली लागेको छ । प्रहरीका अनुसार, ६ राउण्ड गोली चलेकामा एक राउण्ड उनको खुट्टामा लागेको हो । उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ब्राउन सुगर ३२ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । नेपाल भारत सीमा क्षेत्र नजिक पर्ने तुलसीबारीमा लागूऔषध कारोबारी समात्न लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय, झापाको टोली खटिएको थियो । उनलाई अस्पतालतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीले गीताको श्लोक उद्धृत गर्दै गलत काम गर्नेहरुविरुद्ध निर्मम भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने क्रममा मंगलबार प्रहरी वृत्त, बौद्ध पुगेर निर्देशन दिने क्रममा अधिकारीले गीताको अध्याय ४, श्लोक ८ मा भएको ‘‘विनाशाय च दुष्कृताम्’ उल्लेख गरे । प्रहरीमा आउने हरेक सेवाग्राहीलाई उत्तिकै महत्त्व दिएर समस्या सुन्नुपर्ने बताएका उनले गलत प्रवृत्तिविरुद्ध चाहिँ डटेर लड्न कर्मचारीहरूलाई निर्देशन दिए । ‘सेवाको हकमा प्रहरीले कसैलाई भेदभाव गर्नु हुँदैन, प्रत्येक व्यक्तिका विषयलाई उत्तिकै महत्त्वपूर्ण एजेन्डाका रूपमा लिनुपर्छ’, उनले भने, ‘तर, यदि कोही खराब मान्छे छ भने त्योप्रति खरो रूपमा…
काठमाडौं । अबदेखि काठमाडौं उपत्यका अपरा!अनुसन्धान कार्यालयमा तीन र जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापना गरेको सुचीमा कुलदिप चन्दलाई परिसर काठमाडौं र मनोहर प्रसाद भट्टलाई अपराध अनुसन्धान कार्यालयमा खटाइएको हो । यसअघि नै अपराध अनुसन्धान कार्यालयमा दुई जना र परिसरमा एकजना एसपी कार्यरत छन् । प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले पनि कामको चापलाई मध्यनजरमा राखेर कार्यालय र परिसरमा एसपी खटाइएको बताए । जिल्ला परिसरमा एसपी अपिलराज बोहोरा कार्यरत छन् भने अपराध अनुसन्धान कार्यालयमा काजीकुमार आचार्य र अंगुर…
काठमाडौं । प्रहरीले नेपालमा सट्टाबाजी खेलाउने एउटा ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ । आइतबार अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा १० जना भारतीय नागरिक र १४ जना नेपाली नागरिक रहेका छन्। उनीहरुलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-२ सानेपास्थित दुई वटा घर भाडामा लिएर व्यवसायिक रूपमा अनलाइन जुवा सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा कार्यालयको टोलीले छापा हानेको थियो। पक्राउ परेकाहरूले विभिन्न अनलाइन बेटिङ साइटहरूको प्रयोग गरी भारतीय एजेन्टहरूसँग सम्पर्क गरेर अनलाइन तथा अफलाइन माध्यमबाट खेल सञ्चालन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुको साथबाट…
काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले ३७ एसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। गत माघ ११ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार ३७ जना डिएस्पीलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको थियो। कुलदिप चन्द, सुमित खड्का, ठाकुर पोखरेल, मनोहर भट्ट, दिपक गिरी, नविनकृष्ण भण्डारी, तिलक भारती, केशब कुमार थेवे, सुर्य बहादुर खड्कालगायतको बढुवा भएको हो । दर्ज्यानी चिन्ह लगाउने कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी कुँवरले पदोन्नती वृति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको बताउँदै प्राप्त जिम्मेवारीका क्षेत्रमा संगठनमा रहेर शान्ति सुरक्षा कायम…
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकको नियुक्तिमा ज्येष्ठताभन्दा कार्यकुशलता र कार्यक्षमतालाई आधार बनाउने प्रस्ताव सरकारले गरेको छ । संसद्मा गत मंगलबार दर्ता भएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको विधेयकमा यस्तो व्यवस्था छ । यसअघिको प्रहरी ऐनमा प्रहरी महानिरीक्षकको बढुवामा ज्येष्ठतालाई पहिलो नम्बरमा राखिएको थियो । अहिलेको विधेयकमा कार्यकुशलता र कार्यक्षमतालाई प्राथमिकता दिँदै ज्येष्ठतालाई तेस्रो नम्बरमा राखिएको छ । यस्तो प्रावधानले आइजिपी नियुक्तिमा थप चलखेल बढाउने प्रहरी अधिकारीको चिन्ता छ । अहिले पनि हरेकपटक अत्यधिक चलखेलका कारण अन्तिम समयमा आइजिपीको नियुक्ति हुने गरेको छ । धेरै नियुक्ति विवादमा पर्दै आएका छन् । हाल कार्यान्वयनमा रहेको ऐन र नियमावलीमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता,…
काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवा सिफारिस भएसँगै प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट डीएसपी बढुवाको बाटो खुलेको छ । प्रहरी मुख्यालयले बढुवाको तयारी समेत गरेको छ । हाल नेपाल प्रहरीमा डीएसपीको ७५ दरबन्दी रिक्त छ । यसअघि नेपाल प्रहरीमा ३८ डीएसपी पद रिक्त थियो । रिक्त डीएसपीको संख्या ७५ पुगेसँगै प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरबाट डीएसपी बढुवाको तयारी सुरु गरेको हो । अहिले डीएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा २०६४ मा इन्स्पेक्टर भएका एकजना र २०७० मा इन्सपेक्टरमा भर्ना भएका टोलीहरु प्रतिस्पर्धामा छन् । कारबाहीबाट सफाइ पाएका इन्स्पेक्टर चन्द्रबहादुर थापा सूचीको पहिलो नम्बरमा छन् । २०७० मा इन्सपेक्टरमा भर्ना भएका…
काठमाडौं । विराटनगर महानगरपालिका–५, विशालचोकको कलेर्वा टोलमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा भेटिएकी १४ बालिकाको हत्यामा उनकै आमाबुबा र मावली परिवार संलग्न रहेको खुलेको छ । भारतको बिहार राज्य अन्तर्गत छपरा जिल्लामा घर भएकी १४ वर्षीया बालिका चाँदनी यादवको शव उनका मावली हजुरबुबा कलेर्वाटोल निवासी सरजुग मण्डलको घरनजिकै खाल्डो खनेर गाडेको अवस्थामा शुक्रबार फेला परेको थियो । घरबाट १ सय २५ फिट दक्षिणमा ४ फिट गहिरो खाल्डो खनेर कपडासहित घोप्टो पारेर गाडिएको अवस्थामा प्रहरीले शव उत्खनन् गरी निकालेको थियो । हत्या कहिले, कसरी र क–कस्को संलग्नतामा भयो भन्ने एकिन भएको छैन । तर, चाँदनीको हत्यामा उनकै आमा राजकुमारी मण्डल यादव,…
काठमाडौं । अछामको ढकारी गाउँपालिका–८, पल्साताका दुई किशोरीको हत्या यौन प्रस्ताव अस्वीकार गर्दा भएको पाइएको छ । गत ११ माघमा घरबाट बाख्रा चराउन गएका १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इसरा खड्का भोलिपल्ट ढकारी गाउँपालिका–१ को छिन्ने जंगलमा मृत भेटिएका थिए । नातामा सरस्वती फुपू र इसरा भदैनी हुन् । उनीहरुको हत्या यौन प्रस्ताव अस्वीकार गर्दा भएको प्रहरीले जनाएको छ । ढकारी गाउँपालिका–३, तालीका १७ र १५ वर्षका दुईजना किशोरले हत्या गरेको प्रहरीले पुष्टि गरेको हो । घटनाको आशंका र परिवारको किटानी जाहेरीका आधारमा अनुसन्धानमा रहेका दुईजना किशोरले उनीहरुको हत्या गरेको स्विकार गरेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ…