काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।बढुवा समितिको मंगलबार बसेको बैठकले ११ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।
सिफारिस सूचीमा सुदर्शन कोइरालाको नाम पहिलो नम्बरमा रहेको छ ।


Facebook Comments Box
![नेपाल प्रहरीका ११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/12/digp-saruwa-1024x532.jpg)