Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
वीरगन्ज ।पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको अवैध औषधी र पिकप सहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.५ बस्ने वर्ष २४ को सुनिल कुमार रामललाई विभिन्न किसिमका औषधीहरू सहित पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा विन्दवासिनी गाउँपालिका वडा नं.४ मधवल स्थित सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली भारतबाट मधवल नाकाबाट भन्सार छली गरि नेपाल भित्राई वीरगन्ज तर्फ जाँदै गरेको ना.५ च २४८३ नम्बरको पिकअपलाई रोकी चेकजाँच गर्द विभिन्न किसिमका औषधीहरू सहित पिकपलाई पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। पक्राउ परेको औषधि अं.मू.रू.१२,७८,५२०।– ( बाह्र लाख अठहत्तर हजार…
वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्सा नेपालले भारतबाट अवैध रुपले भित्राएको बीस लाखको चक्लेट सहित पिकप नियन्त्रण लिएको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको प्रहरी टोलीले भिस्वाबाट वीरगन्ज तर्फ आउदै गरेको ना५ प १८०१ नम्बरको पिक्पलाई तिलावेपुलमा रोकी चेकजाँच गर्दा ठुलो परिमाणमा भारतीय चक्लेट लोड रहेको पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजाराले बताए। सशस्त्र प्रहरीले पक्राउ गरेको चक्लेट करिब ३ लाख ५९ हजार६ सय र ४० हजारको मोडुलर किचेन को चिम्नी सहित पिक्प भन्सार कार्यालय वीरगन्जमा बुझाएको डिएसपी पुजाराले बताउनुभयो ।
वीरगंज रक्तसंचार केन्द्रमा बिचौलियाको बिगबिगी,पहुँच नहुने विरामी अकामैं मर्नु पर्ने अवस्था; सम्बन्धित निकाय मौन
वीरगंज/पावरवाला ‘बिचौलिया’लाई तुरुन्त ब्लड, तर साधारण बिरामी ‘घण्टौं’ हैरानी खेप्न बाध्य छन्। वीरगंजस्थित रक्तसंचार केन्द्रको यथार्थ यही हो–जहाँ सेवा होइन, पहुँचले प्राथमिकता पाउँछ, जहाँ ज्यान बचाउने कामभन्दा पहिले सिफारिश खोजिन्छ। ‘रक्तदान जीवनदान’ भन्ने नारा बिपरित, वीरगंजको यो केन्द्रमा जीवन र मृत्युलाई पहुँच र सिफारिसको तराजुमा तौलिन्छ। साधारण बिरामी, महिला, विपन्न वर्ग वा आकस्मिक अवस्थामा परेका व्यक्तिहरूले यहाँ ब्लड नपाएर अस्पतालका बेडमै छटपटिनुपर्ने अवस्था सामान्य भइसकेको छ।स्थानीयहरू भन्छन्–यहाँ बिचौलियाहरूको खुलेआम चलखेल छ। पहुँचवालहरूको सिफारिस, निजी अस्पताल अस्पतालसँगको साँठगाँठ, रेडक्रसमा चल्ने आन्तरिक ‘सेटिङ’ वा उच्च अधिकारीको फोन पुगेपछि भने ब्लड तुरुन्तै उपलब्ध हुन्छ। तर पहुँचविहीन सर्वसाधारणका लागि भने केन्द्रका कर्मचारीले ‘ब्लड छैन’…
वीरगञ्ज : यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिनुभयो । “कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजस्व सवारीसाधन करतर्फ रु तीन करोड ८३ लाख ८७ हजार २६७ रकम राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ रु एक करोड ६९ लाख ६५ हजार राजस्व सङ्कलन…
वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको १ लाख ६० हजार रुपैया बराबरको विभिन्न किसिमको सामानहरु बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले विभिन्न नाकाहरुबाट कपडा, करिना र गाडीको पार्टस पक्राउ गरेको हो।सशस्त्र प्रहरीले करिब१ लाख ६० रुपैयाँ बराबरको सामानहरु पक्राउ गरि भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी गुल्म अलौका डिएसपी पुजाराले बताउनुभयो।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताएका हुन् । उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामाा दिंदा उहाँकै नैतिकता सघाउ पुग्ने बताए । ‘नैतिकताको हिसाब म क्लिन छु । मैले राजीनामा गरे । छानबिन समित बनाउनुस् । गर्नुहोस् तपाईंहरु भने भैहाल्यो नि’, उनले अघि भने, ‘त्यसले मोरल स्ट्याटस देखिन्छ ।’ नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरुको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवकाशमा गएका एकजना प्रहरी कार्यालय सहयोगीको भव्य विदाइ गरेको छ । सेवा निवृत्त भएका प्रहरी कार्यालय सहयोगी ओम बहादुर आलेको विदाइ गरिएको हो । त्यसैले यतिबेला उनको विदाइलाई लिएर चौतर्फी चर्चा समेत भएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुर्य बहादुर थापाले त्याग र समर्पणको साथ सम्मान गरेर उहाँको विदाइ गरिएको बताए । आले २०५२ जेठ ९ गते प्रहरी कार्यालय सहयोगी पदमा नियुक्त भई राष्ट्र र नागरिक सेवामा अविछिन्न ३० वर्ष खटिई शुक्रबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । अवकाशमा गएका उनको डिएसपी थापाले एक कार्यक्रमका बिच सम्मान तथा विदाइ गरेका हुन् । डिएसपी…
काठमाडौं । सर्वोच्च अदालतले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवल इजलासको आदेशलाई सदर गरेको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले लामिछानेकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दी प्रत्यक्षीकरण (हाबियस कर्पस) निवेदन खारेज गर्दै थुनामा राख्ने निर्णयलाई कायम राखेको हो। यससँगै सुप्रिम सहकारी ठगी मुद्दा टुंगो नलाग्दासम्म रवि लामिछाने थुनामा नै रहने भएका छन्। जिल्ला अदालत रुपन्देहीबाट सफाइ पाए मात्र उनी थुनामुक्त हुनेछन्, तर अरु आरोपहरूबाट समेत सफाइ पाएको हुनुपर्नेछ।
काठमाडौं । राजावादीहरूले १५ जेठमा गर्ने प्रदर्शन लक्षित सुरक्षा तयारी बनाएर लागु गरिएको प्रहरीले बताएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालमा आयोजित पत्रकार सम्मलेनमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले सम्पूर्ण सुरक्षा तयारी गरिएका कुनै जनधनको क्षति नहुने बताए । त्यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा एसएसपी शेखर खनालले पनि सुरक्षा कडा पारिएकाले कुनै अप्रिय घटना नहुने दाबी गरे । यसअघि गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यतिबेला एक पत्रकार र एक प्रदर्शनकारी गरी दुई जनाको ज्यान समेत गएको थियो । व्यक्तिका निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनी समेत भएको थियो…
नेपालगन्ज । आज नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले नेपालगञ्ज र दिल्लीका उडानका लागि नेपाल भारत सरकारलाई आग्रह गरेको छ। नेपालगञ्ज र दिल्ली उडानका लागि पहलका लागि नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आग्रहपत्र भारत सरकार केन्द्रीय विमान मन्त्रालयमा आग्रह पत्र नेपाल भारत मैत्री मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमारसिंह मार्फत भारत सरकारलाई पत्र पठाएको छ। लामै समयदेखि नेपालगञ्जका सामाजिक अभियन्ता तथा नेपाल भारत संगठनका अन्तर्राष्ट्रिय केन्द्रीय सदस्य आशिष कुमार गुप्ताले उठाउँदै आएको नेपालगञ्ज दिल्ली उडानको लागि पहल गरिदिनका लागि अनुप कुमार सिंहलाई आग्रह गरेपछि अनुप कुमार नेपालगञ्ज आएको बेला आएको बेला नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपालगञ्जका समाजसेवी लगायतको उपस्थितिमा अनुप कुमारलाई भारत…