काठमाडौं । जिल्ला प्रहरी कार्यालय म्याग्दीले अवकाशमा गएका एकजना प्रहरी कार्यालय सहयोगीको भव्य विदाइ गरेको छ । सेवा निवृत्त भएका प्रहरी कार्यालय सहयोगी ओम बहादुर आलेको विदाइ गरिएको हो ।
त्यसैले यतिबेला उनको विदाइलाई लिएर चौतर्फी चर्चा समेत भएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुर्य बहादुर थापाले त्याग र समर्पणको साथ सम्मान गरेर उहाँको विदाइ गरिएको बताए ।
आले २०५२ जेठ ९ गते प्रहरी कार्यालय सहयोगी पदमा नियुक्त भई राष्ट्र र नागरिक सेवामा अविछिन्न ३० वर्ष खटिई शुक्रबारदेखि अनिवार्य अवकाशमा गएका हुन् । अवकाशमा गएका उनको डिएसपी थापाले एक कार्यक्रमका बिच सम्मान तथा विदाइ गरेका हुन् ।
डिएसपी थापाले नागरिक जिवनमा प्रवेश गरेका पुर्व प्रहरी कार्यालय सहयोगी आलेलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गर्नुको साथै अवकाशपछिको सक्रिय व्यक्तिगत, पारिवारिक तथा सामाजिक जिवनको शुभकामना समेत व्यक्त गरेका थिए ।
डिएसपी थापाले एकजना सामान्य प्रहरी कर्मचारीको यसरी भव्य तरिकाले विदाइ गरेपछि तल्लो दर्जाका प्रहरीहरुमा खुसीयाली छाएको छ । त्यतिमात्र नभएर उनको चौतर्फी प्रशंसा समेत भएको छ ।
तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च राख्न गरिएको प्रशसनीय कार्य उच्च छ । पछिल्लो समयमा तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल जसरी गिरेको छ त्यसलाई उजागर गर्न मदत पुग्ने छ यस्तो कार्यले सथै अवकाशपछिको जीवन सुखमय बनोस,’ सुनिल विश्वकर्माले सामाजिक संजालमा लेखेका छन् ।
‘अब म सामान्य नागरिक झै जीवन बिताउनेछु । राज्यले आफूलाई दिइएको जिम्मेवारी पुरा गरे । विना वर्दीकै नागरिक भएपनि देश र जनताप्रतिको आफ्नो कर्तव्य कहिल्यै भुल्ने छैन्,’ आलेले विदाइ हुँदै गर्दा भने ।
आलेलाई डिएसपी थापाले आफ्नै गाडीमा चढाएर घरसम्म पुर्याउने बन्दोबस्त समेत मिलाएका थिए । उनलाई प्रहरी सहकर्मीहरुले हात हल्लाउँदै विदा गरेको भिडियोमा देख्न सकिन्छ ।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
