Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
बेनी । म्याग्दी जिल्लाको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७, भारवाङस्थित आउटलेटतर्फबाट हेडरेस सुरुङ खन्ने कार्य सुरु गरिएको छ। सुरुङ खन्ने कार्यको उद्घाटन गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न उपकरण तथा जनशक्ति परिचालन गर्न आग्रह गरे। हाल आयोजनामा चार ठाउँबाट सुरुङ निर्माण भइरहेको छ। यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४, खाम्ला तथा छहरीको अडिटतर्फबाट दुईतर्फी सुरुङ निर्माण कार्य अगाडि बढाइएको थियो। आयोजनाका प्रमुख ज्योतिकुमार केसीका अनुसार अडिट तथा आउटलेट खण्ड जोड्ने सुरुङ १ किलोमिटर ८६५ मिटर…
काठमाडौं । अभिनेता गजित विष्ट फिल्म ‘महाराजधिराज’मा भित्रिएका छन् । निर्माण टिमले उनलाई महत्वपुर्ण भूमिका रहने गरी फिल्ममा भित्राएको बताएको छ । १५ वर्ष अगाडि ‘मायाज बार’बाट फिल्म डेब्यु गरेका गजित २ दर्जन हाराहारी फिल्म अभिनय गरिसकेका छन् । अभिनयमा माहिर बिष्ट ‘महाराजधिराज’को कथा र टिम राम्रो भएकोले जोडिएको आफ्नो रोजाइमा परेको बताउँछन् । बिष्ट फिल्मका निर्माता समेत हुन् । उनले ‘लभ यु बाबा’ र ‘हैरान’ निर्माण गरेका थिए । उनी टेलिभिजन रियालिटी शोहरूको निर्देशन समेत गर्दै आएका छन् । हालसम्मको कलाकारहरूको लाइनअप हेर्दा फिल्ममा स्टारकास्टको भिड लाग्ने देखिएको छ। यो फिल्ममा यसअघि आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा…
काठमाडौं । भियतनाममा आयोजित ‘मिस एन्ड मिस्टर फिटनेस सुपरमोडल वर्ल्ड २०२५’मा नेपालको प्रतिनिधित्व रोहित श्रेष्ठ र प्रशंसा बुढाथोकीले गर्ने भएका छन् । बिन दिन प्रान्तको क्वी नन सहरमा आयोजना हुने प्रतियोगीताका लागि उनीहरू शनिबार साँझ भियतनाम उडेका छन् । जुन १४ मा आयोजना हुने प्रतियोगितामा प्रशंसाले ‘मिस’ र रोहितले मिस्टर विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रशंसा नृत्य र खेलकुदमा रुचि राख्ने प्रशंसाले भविष्यमा सुपरमोडल बन्ने सपना राखेकी छन् । उनले यसअघि ‘हेरिटेज जेम्स युनिभर्स २०२५’ र ‘मोडल सुपरस्टार २०२४’को उपाधि जितेकी छन् । रोहित अभिनय, गायन र खेलकुदमा रुचि राख्छन् । सफल अभिनेता तथा गायक बन्ने लक्ष्य लिएका उनले यसअघि उनले…
काठमाडौं । चलचित्र ‘बलिदान’ को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । आगामी दसैँको फूलपातीको दिन प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रका दुई पोस्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिएका छन् । एक पोस्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उनले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गरेका छन् । उनको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वालाहरू पनि देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ । अर्को पोस्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइको परिवेशमा देखिएका छन् । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता…
काठमाडौं । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘एउटा नाता टुटेपछि’ सार्वजनिक भएको छ । मर्मस्पर्शी शब्दले भरिएको गीतमा रमेशराज भट्टराईको संगीत छ । राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा पनि गायिका चौहानले नै अभिनय गरेकी छन् । चौहानकै जीवनको वास्तविक कथा भनिएको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन छ । भिडियो शंकर बिसीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । https://www.youtube.com/watch?v=STUpstZzesQ
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्बपति व्यवसायी एलन मस्कसँगको सम्बन्ध अन्त्य भएको बताएका छन् । शनिबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सो कुरा बताएका हुन् । अन्तर्वार्तामा ट्रम्पलाई मस्कसँगको सम्बन्ध समाप्त भएको हो भन्ने प्रश्न गरियो, उनले भने, ‘म अनुमान गर्छु, हो । ’ जब उनलाई ‘के तपाईं बिग्रिएको सम्बन्ध सुधार्ने इच्छा राख्नुहुन्छ ?’ भनेर सोधियो, उनले संक्षिप्तमा भने, ‘अहँ ।’ ट्रम्प र मस्कबिचको सम्बन्ध बिग्रिएको कुरा सामाजिक सञ्जालमा सार्वजनिक विवादपछि आएको हो । जबकी व्यवसायी मस्कले ट्रम्पको निर्वाचन अभियानमा लाखौँ डलर दान गरेका थिए र ट्रम्पको विजय पश्चात उनी ह्वाइट हाउसको एक सल्लाहकारसमेत बनेका थिए । ट्रम्पको कर र…
काठमाडौं । कैलालीको धनगढीस्थित खुला सीमाबाट करोडौंको गाडीसहित ‘सेक्स टोय’ भारततर्फ तस्करी भएको घटनाको छानबिन थालिएको छ । बिहीबार भएको घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बल नेपालको सुदूरपश्चिमस्थित वैद्यनाथ बाहिनीले समिति नै गठन गरेको हो । स्रोतका अनुसार सशस्त्रका नायब उपरीक्षक (डिएसपी) जनक राज पन्तको नेतृत्वमा बाहिनीले छानबिन समिति गठन गरेर सोधपुछ अगाडि बढाएको छ । यसैक्रममा लापरबाही गरेको भन्दै जुगेडा बिओपीका प्रमुख इन्सपेक्टर पुरन जैसीलाई कैलालीको धनगढीस्थित सशस्त्रको ३४ नम्बर गणमा तानिएको छ । उनले तस्करी भएको गाडीसहित सामान बरामद नगरेको आरोप छ । जसक्रमा ३४ नम्बर गणका एसपी भने बिदामा थिए । सोही बेला कैलालीस्थित धनगढीको नेपाल–भारत सीमावर्ती…
काठमाडौं । कैलालीको टीकापुरमा एक महिलामाथि प्रहरीले हातपात गरेको आरोपपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । जिल्लाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । गठित समितिले यथाशीघ्र अनुसन्धानको प्रतिवेदन पेश गर्नेछ । छानबिनपछि दोषी पाइएको खण्डमा सम्बन्धित प्रहरीमाथि आवश्यक कारबाही गरिने बताइएको छ । गत शुक्रबार साँझ सत्ती प्रहरी चौकीमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) यज्ञराज पन्तले ‘तँ’ भनेर सम्बोधन गरेको निहुँमा टीकापुर(७ मा चेकिङको क्रममा राजकुमारी कुँवर शाहमाथि कुटपिट गरेका थिए । प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग सामान्य भनाभनपछि सई पन्तले ती महिलामाथि हातपात गरेको भिडियो भाइल भएको…
काठमाडौं । स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय क्रिकेट शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेलमा स्कटल्यान्डको सामना गर्दैछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे, डुन्डी स्कटल्यान्डको मैदानमा हुनेछ । गत बुधबार स्कटल्यान्डको डुन्डीमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो भने सो अघिको पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेर नेपालले आफूलाई बलियो टिमको रूपमा प्रस्तुत गरेको थियो। आज पुनः नेपाल स्कटल्यान्डसँग भिड्न लागेको हो। नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ।
सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीन वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए । सो चल्ला पैठारी कार्यमा प्रयोग भएका…