काठमाडौं । गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘एउटा नाता टुटेपछि’ सार्वजनिक भएको छ । मर्मस्पर्शी शब्दले भरिएको गीतमा रमेशराज भट्टराईको संगीत छ ।
राम कुमार नेपालीको एरेञ्ज र कुमार राना मगरको मिक्सिङ रहेको गीतको भिडियोमा पनि गायिका चौहानले नै अभिनय गरेकी छन् ।
चौहानकै जीवनको वास्तविक कथा भनिएको गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् । भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, नवीन घर्ती मगरको सम्पादन छ ।
भिडियो शंकर बिसीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
Facebook Comments Box