Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । दुई सन्तानकी आमासँग प्रेम सम्वन्धमा रहेका भारतको हैदराबादमा बस्दै आएका एक नेपाली युवक उनै प्रेमिकाको हत्या आरोपमा पक्राउ परेका छन् । ३३ वर्षीया प्रेमिका तारा बोहराको हत्या आरोपमा ३० वर्षीय नेपाली विजय टोपा पक्राउ परेका हुन् । उनले नाईलनको डोरीले घाँटीमा कसेर प्रेमीकालाई हत्या गरेका थिए । हत्यापछि शवलाई ट्रली ब्याग (सुटकेस) मा हालेर फ्याँकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सोही ट्रली ब्यागका आधारमा प्रहरी टोपासम्म पुगेको हो । प्रहरीका अनुसार फेसबुकमार्फत चिनजान भएका टोपा र बोहोर यसै वर्षको अप्रिलदेखि ‘लिभ–इन रिलेसनसिप’ मा थिए । बोहरा विवाहित र दुई सन्तानकी आमा हुन् । हैदराबादकै एउटा भाडाको घरमा बस्दै…
काठमाडौं । मोरङ प्रहरीले ‘लिभ–इन रिलेशन’मा रहेकी २१ वर्षीया युवतीको शरीरमा पेट्रोल खन्याएर हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामालाई प्रहरीले ६ वर्षपछि २४ जेठमा घरबाटै पक्राउ गरेको हो । यस्तो जघन्य घटना उनले आफै घरमा घटाएका थिए । झापाको अर्जुनधारा नगरपालिका–११ घर भई मोरङको विराटनगर–१६ मा बस्दै आएकी इसा योगी शेर्पाको हत्या आरोपमा लामालाई पक्राउ गरिएको हो । इशाको ८ वैशाख ०७६ मा हत्या भएको थियो । २ जना सहयोगी (श्रीमती र छोरा रुद्रराज) को मद्दतले इसाको शरीरमा पेट्रोल खन्याएर एसराजले आगो लगाईदिएका थिए । त्यसपछि लामाको परिवारै फरार…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ । उनीहरुविरुद्ध मुद्दा पेस गर्न विशेष अदालतमा अख्तियारले फाइल लगिसकेको छ । अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको दाबी गरेको छ ।
काठमाडौं । अमेरिकाले नेपाली नागरिकलाई दिइएको अस्थायी सुरक्षा सुविधा (टीपीएस) खारेज गर्ने निर्णय गरेको छ । अमेरिकी गृह सुरक्षा विभागले घोषणा गरेको निर्णय अनुसार अब टीपीएसमा रहेका नेपाली नागरिकले आगामी दुई महिनाभित्र अमेरिका छाड्नुपर्नेछ । टीपीएस अर्थात अस्थायी सुरक्षा सुविधा यस्तो कार्यक्रम हो, जसअन्तर्गत प्राकृतिक विपत्ति, युद्ध वा अस्थिरताका कारण आफ्नो देश फर्कन नसक्ने विदेशी नागरिकलाई अमेरिकामा बस्न कानुनी रूपमा अनुमति दिइन्छ । सन् २०१५ को विनाशकारी भूकम्पपछि अमेरिका सरकारले नेपाली नागरिकलाई टीपीएस सुविधा दिएको थियो । हाल अमेरिकामा करिब ९ हजार नेपाली टीपीएस अन्तर्गत बसोबास गरिरहेका छन् । तर अब यो सुविधा खारेज भएपछि उनीहरूलाई अमेरिका छाड्नुपर्नेछ वा अन्य…
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बोर्डको नियामकिय भूमिका तथा सुपरिवेक्षण क्षमता बढाउने बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘धितोपत्र बोर्डको दीर्घकालिन विकास तथा संस्थागत क्षमता वृद्धि गरिनेछ,’ उनले भने ,‘यस वर्ष धितोपत्र बोर्डको आफ्नै भवन खरिद गर्ने प्रक्रिया समेत अघि बढाइनेछ ।’
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३१ हजार ९२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी आजदेखि उक्त सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । निर्धारित म्यादभित्र सेयर खरिदका लागि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको दोस्रो साधारण सभा डाकेको हो । उक्त सभा आगामी असार १६ गते धनगढीमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०र८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०र८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिको अन्य वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनेछ । यस्तै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने…
धितोपत्र बोर्डले अर्थतन्त्रको अवस्था झल्काउने गरी पूँजी बजारको विकास तथा विस्तार गर्नुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डले अर्थतन्त्रको अवस्था झल्काउने गरी पूँजी बजारको विकास तथा विस्तार गनुैपर्ने बताएका छन् । ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा आज आयोजित नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पूँजी बजारलाई अर्थतन्त्रको ऐना भनिन्छ, अर्थतन्त्रको ऐना भनेकै हुनाले पनि पूँजी बजार हेर्दा हामीले मुलुकको अर्थतन्त्रको उज्वल भविष्य देख्न सकौं । त्यस हिसाबले बजारको विस्तार र विकासको काम गर्न लाग्नुपर्छ । त्य हिसाबले धितोपत्र बोर्डको भूमिका सशक्त हुनेछ भन्ने मैले आशा गरेको छ,’ उनले भने । यसका साथै अर्थमन्त्री पौडेलले पूँजी बजारमा समयसापेक्ष रुपमा आवश्यकता अनुसार…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रतिनिधि सभाको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकिरहेका बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठक मध्याह्न १२ बजे संसद् भवन नयाँ वानेश्वरमा बस्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यो विषय प्रवेश गरेसँगै यही जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक प्रभावित छ ।
बेनी । म्याग्दी जिल्लाको धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। आयोजनाको विद्युत्गृह रहने मालिका गाउँपालिका–७, भारवाङस्थित आउटलेटतर्फबाट हेडरेस सुरुङ खन्ने कार्य सुरु गरिएको छ। सुरुङ खन्ने कार्यको उद्घाटन गर्दै मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले आयोजनाको निर्माण कार्यलाई समयमै सम्पन्न गर्न उपकरण तथा जनशक्ति परिचालन गर्न आग्रह गरे। हाल आयोजनामा चार ठाउँबाट सुरुङ निर्माण भइरहेको छ। यसअघि आयोजनाको बाँधस्थल धवलागिरि गाउँपालिका–४, खाम्ला तथा छहरीको अडिटतर्फबाट दुईतर्फी सुरुङ निर्माण कार्य अगाडि बढाइएको थियो। आयोजनाका प्रमुख ज्योतिकुमार केसीका अनुसार अडिट तथा आउटलेट खण्ड जोड्ने सुरुङ १ किलोमिटर ८६५ मिटर…