काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको दोस्रो साधारण सभा डाकेको हो ।
उक्त सभा आगामी असार १६ गते धनगढीमा रहेको कम्पनीको मुख्य कार्यालयमा अपरान्ह १ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८०र८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०र८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोही अवधिको अन्य वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।
यस्तै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गरिनेछ । कम्पनीले सर्वसाधारणका लागि छ्ट्टाइएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले २०८१ असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।
