Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । गृह मन्त्रालयले ४ जना सहसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयले मंगलबार गृह प्रवक्ता रहेका सहसचिव रामचन्द्र तिवारीलाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ । त्यस्तै अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृह मन्त्रालयमा तानिएको छ । कोइरालामाथि विमानस्थलबाट हुने मानव तस्करी रोक्न नसकेको आरोप लाग्दै आएको छ । कोइरालाले दुई महिना पनि काम गर्न पाएनन्। उनलाई गत जेठ ६ गते पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट अध्यागमन कार्यालयमा सरुवा गरिएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुख…
काठमाडौं । प्रहरीले बाराको निजगढबाट १ करोड ३२ लाख बिगो भएको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा निजगढ नगरपालिका-१ सिंगौलका ४३ वर्षीय भरत चौलागाईं रहेका छन् । चौलागाईंलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो । आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए ।
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा सशस्त्र प्रहरीले ठुलो परिणाममा अवैध गाँजा बरामद गरेको छ । कटारी– २ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ गरेको हो । सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए । उनका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहातर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो । गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाएको निरीक्षक राउतले बताए । पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी…
काठमाडौं । यो कुरा हो एक जना उपसचिवको । प्रसंग हो उपसचिव भए पनि शक्तिको हालिमुहालि गर्ने अपराधि मनोवृत्तिको एक पात्रको । हाल गृहमन्त्रीका नीजिसचिव घर पर्वत रहेका उपसचिव दर्जाको बर्दी तिवारीको कर्तुत विस्तारै बाहिर आउँदैछ । यसअघि रमेश लेखक २०६४ सालमा श्रम राज्यमन्त्री हुँदा मन्त्रीसँग अन्तरङ्ग सम्बन्ध स्थापना गर्न सफल यिनी तत्कालिन समयदेखि नै मानव ओसारपोसारका तस्करहरुसँग नजिक रहदैँ आएका बताइन्छ । त्यतिबेला पनि तिवारीले म्यानपावर व्यावसायीहरुसँग बोरामा पैसा उठाउने गरेको अरोप लागेको थियो । अहिले पनि तस्कर र व्यापारीहरुको संगतमा ठूलाठूला होटलहरुमा जम्ने तिवारीजस्ता व्यक्तिको पन्जाबाट जहिलेसम्म शक्ति र सत्ता टाढा रहन सक्तैन्, तबसम्म कति गरिबका छोराछोरीहरु बेचिनपर्ने…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई निर्देशन दिएका हुन् । मन्त्री लेखकले प्रधानमन्त्रीको प्रतिनिधि मण्डल बाहेक स्पेन को–को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेका छन् । उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । यसैबीच…
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् । सोमबार रास्वपा मुख्यालय वनस्थली चःमति नै पुगेर राउतले लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गरेपछि राउतले आफूले हौसिएर नभई बुझेरै लामिछानेको पक्षमा हस्ताक्षर गरेको प्रतिक्रिया दिए । यसअघि बाबुराम भट्टराईले पनि लामिछानेको पक्षमा हस्ताक्षर गरेका थिए । लामिछानेको पार्टी रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यतः सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले प्रश्न उठाइरहेका छन् । अन्य दलहरूले मौन समर्थन गरेको देखिएको छ ।
रक्सीले लठ्ठिएका हवल्दारले इन्स्पेक्टरको कान ताने, एसएसपीले स्पष्टीकरण सोध्ने आँट समेत गरेनन्
काठमाडौं । १७ असार राति बा २९ च ६४९१ नम्बरको नीजि रातो कारले गोगंबु नयाँ बसपार्कमा नम्बर नखुलेको एउटा गाडी र मोटरसाइकललाई ठक्कर दियो । गाडी चालक थिए, लागूऔषध नियन्त्रण ब्यूरोका सहायक हवल्दार सत्य कठायत । उनी ब्यूरोकै अप्रेशन कमाण्डर प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवका नीजि सहयोगी हुन् भन्दा फरक नपर्ला । इन्स्पेक्टर यादवसहित ब्यूरोका ६/७ जनाको समूह विदेशबाट नेपाल फर्किएका एकजना साथीको पार्टी खाइपिइ गरेर घर फर्कने क्रममा कठायतले चलाएको गाडीले अन्य सवारीसाधनलाई ठक्कर दिएको थियो । त्यसपछि घटनाले अर्कै मोड लियो जतिबेला गाडीमा सहायक हवल्दार कठायतसँगै पार्टी दिने साथी पनि सँगै थिए । त्यसअघि नै उनीहरुले इन्स्पेक्टरसहितलाई घर…
काठमाडौं । २२ असारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले मोरङको रंगेलीमा लागूऔषध कारोबारी पक्राउ गर्न २ राउन्ड हवाइ फायर फायर गर्यो । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । जतिबेला प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ पनि गरेको छ । घटनामा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवसहितको टोली खटिएको थियो । उक्त टोलीले मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र ४५ वर्षीया भारतीय नागरिक हसिना खातुनलाई पक्राउ गरेको थियो । खातुनबाट प्रहरीले ४२५ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनी उक्त खैरो हेरोइन…
काठमाडौं । उपत्यकाको प्रहरी वृत्त र प्रभाग इन्चार्जको ‘ड्युटी आवर’ (कार्य समय) घटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालयले सो निर्णय गरेको हो । प्रहरी वृत्तमा इन्चार्ज हुने नायब उपरीक्षक (डिएसपी)हरु यसअघि राति १२ बजेसम्म फिल्डमा खट्नुपर्ने व्यवस्था थियो । प्रहरी प्रभागको कमान्ड गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पनि मध्यराति १२ बजेसम्म खटिन्थे । सो अवधि दुई घण्टा घटाउने निर्णय गरिएको गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । वृत्तका डीएसपीहरु र प्रभागका इन्स्पेक्टरहरू राति १० बजेपछि फिल्डमा खट्नु नपर्ने निर्णय गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । कार्यबोझका कारण सेवाग्राहीलाई समय दिन नपाएको विश्लेषण गरेर सो निर्णय गरिएको कार्यालयका…
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पछिल्लो समय केही मिडियामा आफूलाई जोडेर आएका समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारहरू प्रायोजित र निराधार भएको बताएका छन्। उनका अनुसार सरुवा, नियुक्ति लगायतका विषयमा आफूले रकम बार्गेनिङ गरेको भन्ने जस्ता आशयका समाचारहरू केही मिडियामार्फत निरन्तर सार्वजनिक भइरहेका छन्, जसले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि प्रश्न उठाएको छ। मन्त्री गुप्ताले भने, “यो विषय मेरो लागि अत्यन्त संवेदनशील छ, अब यस्ता आरोपहरू पुष्टि गर्न मिडियाले प्रमाण खोज्नुपर्छ।” मन्त्री गुप्ताले पाँचवटा स्पष्ट प्रश्न सार्वजनिक गर्दै त्यसमा उत्तर खोज्न मिडियासँग आग्रह गरेका छन्— १. सरुवा वा नियुक्तिको प्रक्रियामा संलग्न बिचौलिया वा दबाव दिने व्यक्तिहरू को…