Author: Scoop Khabar

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले ओरालो लागेको छ । बजार उच्च अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २९०० विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक ८ कारोबार दिनपछि २९०० विन्दुभन्दा तल झरेको हो । आइतबार नेप्से परिसूचक ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.३७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५२ अंक घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार १५ अर्ब ९८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आइतबार ३१९ स्टकको १ लाख ५२ हजार ५१८ पटकको…

थप

काठमाडौं । अहिले बहसको विषय बनेको बहु विवाहसम्बन्धी कानुनी मस्यौदाका विषयमा एमाले महासचिव शंकर पोखरेलले जनाएको टिप्पणीमा नेकपा एकीकृत समाजवादीकी पोलिटब्यूरो सदस्यले आफ्नो प्रतिक्रियासहित मत राखेकी छन् । पोखरेलले उक्त विषयप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेका थिए,‘ कुनै एकजना प्रशासकको सोच समग्र राज्यको सोच हुन सक्तैन । सिंगो राज्य नै बहुविवाह पक्षमा जस्तो गरी बहस हुनु दुःखद पक्ष हो ।’ यसलाई मिडियाले समाचार बनाएपछि त्यसमा कमेन्ट गरेकी नेकपा एकीकृत समाजवादीकी नेत्री चुनु खड्का केसीले लेखेकी छन्,‘ केही नेताहरुका रखैलहरु छन् यहि कारण यस्तो सोच ल्याएको हुनसक्छ ।’ उनले थपेकी छन्, ‘तर गरिमामय पदमा बसेर केही चरीत्रहिन महिला पुरुष बाहेक अरुको…

थप

काठमाडौं । प्रहरीले सप्तरीमा लागूऔषध कारोबारमा संलग्न दुई जनालाई हवाई फायर गर्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेका छन् । गोप्य सूचनाका आधारमा आइतबार बिहान जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोली छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुर पुगेको थियो । प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गर्दा हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतम केसीले जानकारी दिए । ‘उनीहरुले विशाल राय र मनोज राय नाम बताए पनि ठेगाना फेरिने गरेकाले यकिन हुन सकेको छैन्,’ उनले भने, ‘यकिन गर्न हामी निर्वाचन कार्यालयसँग समन्वय गर्दैछौं ।’

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचन लड्ने बेलामा अहिलेसम्म कुनै पनि अमर्यादित क्रियाकलाप नगरेको दाबी गरेका छन् । आइतबार आफ्नै सरकारी निवास बालुवाटारमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पहिलो चुनावमा माधव कुमार नेपालले खर्चस्वरुप आफूलाई २ सय रुपैयाँ दिएको बताए । उनले ०४८ सालमा आफूले पहिलोपटक झापाबाट निर्वाचन लडेको र उक्त निर्वाचनमा पार्टीले दिएको २ सय रुपैयाँमा अझै २० रुपैयाँ बचेको बताए । ‘त्यस चुनावमा हाम्रो पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो । उहाँले बाटो खर्च भनेर २ सय दिनुभएको थियो । चुनावमा जाँदा १ सय ८० रुपैयाँ बस भाडा र बीचमा खाना खानका लागि…

थप

काठमाडौं । सर्वोच्च अदालतले गुण्डा नाइकेको छविले चिनिएका दावा लामा भनिने जितेन्द्रबहादुर तामाङविरुद्धको लागूऔषध मुद्दामा सुनुवाई अघि बढाएको छ । अदालत स्रोतकाअनुसार उनको मुद्दामा आइतबार पेशी तोकिएको छ । उनको पेशी न्यायाधीशद्धय शारङगा सुवेदी र सुनिल पोखरेलको इजलासमा परेको छ । लामालाई सात वर्षअघि उच्च अदालतले लागूऔषधको मुद्दामा पाँच वर्ष कैद सुनाएको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएकोमा करिब सात वर्षपछि मुद्दाको सुनुवाई हुन लागेको हो । दोषी ठहर भए जेल जानुपर्ने निश्चित जस्तै भएपछि उनै गुण्डा नाइके लामा हारगुहार गरिरहेको स्रोत बताउँछ । काभ्रेपको भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहेका लामा अदालतलाई प्रभावमा पारेर आफ्नो मुद्दा ढिसमिस बनाउन खोजिरहेका छन्…

थप

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा श्रीमतीको मृत्यु भएकै केही घन्टामा श्रीमानको पनि मृत्यु भएको छ । ४०–४५ वर्षदेखि गल्छी गाउँपालिकामा बसोबास गर्दै आएका वृद्ध दम्पती हस्त बहादुर मल्ल र रेवती मल्लको एकैदिन निधन भएको छ। ठकुरी बा र ठकुरी आमाको नामले चिनिने सन्तानविहीन यी दम्पतीको निधनले स्थानीय समुदाय स्तब्ध भएका छन् । गाउँवासीमा गहिरो समवेदना र पीडाको लहर फैलिएको छ । स्थानीयका अनुसार, ठकुरी आमाको २०८२ साल साउन १६ गते दिउँसो २:४० बजे निधन भयो । उनी लामो समयदेखि बिरामी थिइन् । पत्नी बियोगको पीडा सहन नसकी त्यही रात ९:३८ बजे ठकुरी बाको पनि निधन भयो । चार दशक…

थप

काठमाडौँ, १६ साउन“जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन,” ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले शुक्रबार आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन हस्ताक्षर समारोहमा भन्नु भयो।मन्त्री खड्काले उत्पादित विद्युतको उचित मूल्य प्राप्त गर्दै मुलुकलाई समृद्ध बनाउने यात्रामा सरकारले कुनै कसर बाँकी नराख्ने दृढता व्यक्त गर्नुभयो। समृद्धि इनर्जी प्रालिको अगुवाइमा निर्माणाधीन उक्त आयोजनाको वित्तीय व्यवस्थापनका लागि आयोजित कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रको उत्साहजनक सहभागिताले ऊर्जा क्षेत्रमा नयाँ आशा थपिएको बताउनुभयो। “निर्माणकालागि आवश्यक सम्पूर्ण वित्तीय व्यवस्थापनको चरण पार भएको छ। अब यो आयोजना समयमै सम्पन्न हुने विश्वासका साथ अघि बढाइएको छ,” मन्त्री खड्काले भन्नुभयो। उहाँले ऊर्जा मन्त्रालय…

थप

काठमाडौं । हुन पनि आफनो कार्यकालमा आफुले गरेको कार्य सम्पादन आफूमा पनि निर्भर पर्छ । त्यहि मुल्यांकनको आधारमा बढुवा सूचीमा प्रतिस्पर्धा गर्ने हो । तर नेपालमा निजामती सेवा होस् या नेपाल प्रहरी र सशस्त्र प्रहरीमा बढुवा प्रकरणमा किन पारदर्शिता हुन सकिरहेको छैन ? यो गम्भीर प्रश्न हो । राज्यको समृद्धिमा राष्ट्रसेवक कर्मचारीको ठूलो भुमिका रहने हुँदा राष्ट्रसेवकको दायित्व र भूमि अब्ब्ल रहन जरूरी रहन्छ । तर, केही गन्यबाहेक राष्ट्रसेवकले राष्ट्रप्रति इमान्दार देखाएको देखिँदैन । हुन पनि २०४६ सालको राजनीति परिवर्तन पश्चात् हरेक क्षेत्रमा राजनीति रंग भरिएको, पोतिएका जलन्त उदाहरण छ । नेपालमा राजनीति परिवर्तनसँगै २०५२ सालमा संसदीय व्यवस्थालाई चुनौती दिँदै…

थप

काठमाडौं । काठमाडौं प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि नै अपरेशन जारी रहेको बताए । ‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली संकलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ’, एसएसपी अधिकारीले भने । उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान…

थप

काठमाडौं । प्रहरीको जागीर नेपालमा आकर्षक नै मानिन्छ । तर, हरेक वर्ष सयौंको संख्यामा प्रहरीहरुले विभिन्न कारण देखाएर जागिर छोड्ने पनि गरेका छन् । गत एक वर्षमा करिब २४ सय प्रहरीले सेवाबाट राजीनामा दिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । जुनकुरा केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । तर, राजीनामा दिनुको पछाडिको कारण सम्मेलनमा खुलाइएन । यसरी आकर्षक जागिरको रुपमा लिएको प्रहरीमा किन राजीनामा दिनेको संख्या बढिरहेको छ त ? सर्वत्र चासोको विषय बनेको छ । अधिकांशले घरायसी कारण वा अन्य कारण देखाएर राजीनामा दिएपनि त्यसको पछाडि माथिल्लो दर्जाका हाकिमहरुको अत्याचार पहिलो कारण हो…

थप