Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूबाट खटिएको गस्ती टोलीले पछिल्लो २८ दिनभित्र ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ। हालै मात्र कमाण्ड सम्हालेका जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीको नेतृत्वमा जिल्लाभरि शान्ति–सुरक्षा, तस्करी नियन्त्रण र लागुऔषधविरुद्धको अभियानमा उल्लेखनीय उपलब्धि हासिल भएको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालयले सोमबार आयोजना गरेको पत्रकारसँगको परिचयात्मक कार्यक्रममा एसपी कार्कीले आफ्नो २८ दिनको कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका थिए। उनले कात्तिक २ गतेदेखि ३० गतेसम्मको अवधिमा जिल्लामा भन्सार छली, लागुऔषध कारोबार, फरार प्रतिवादी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण लगायतका क्षेत्रमा ठोस परिणाम देखिएको बताए। उनकाअनुसार पछिल्लो २८ दिनमा जिल्ला प्रहरी…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल पौने १२ बजे चितवन राईनोज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुनेछ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिगको दोस्रो संस्करण हिजोदेखि सुरु भएको हो । उद्घाटन खेलमा हिजो काठमाण्डौ गुर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । एनपीएलको फाइनल खेल यही मङ्सिर २७ गते हुनेछ । एनपीएलमा जनकपुर, काठमाण्डू, विराटनगर किङ्ग्स, चितवन राइनोज, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स गरी आठ वटा टोली सहभागी छन् ।
राधिका श्रेष्ठ, काठमाडौं । चितवन २६ वर्षीया नर्स तथा पर्वतारोहण प्रशिक्षार्थी बध्यता अम्गाईले २५ दिनको छोटो अन्तरालमा लोपूचे (Lobuche Peak) र आमादब्लम दुवै आरोहण सफल गरेपछि उनी विश्वकी कान्छी सफल महिला पर्वतारोहीमध्ये एकका रूपमा चर्चामा आएकी छन्। अत्यधिक चिसो, अक्सिजनको कमी र अप्रत्याशित मौसमबीच गरिएको यो आरोहणले अम्गाईलाई नेपाली महिला पर्वतारोहणको नयाँ पहिचान दिलाएको छ। कठोर मौसम र शारीरिक चुनौतीबीच सफल आरोहण अम्गाईले आरोहणका क्रममा –२० देखि –२५ डिग्रीसम्म घट्ने तापक्रम, लगातार हावा–हुरी, हिउँको जोखिम र अक्सिजनको कमीका कारण धेरै कठिन क्षण सामना गर्नुपरेको बताएकी हुन। उनी भन्छिन्, “लोपूचे अपेक्षाकृत सजिलो होला सोचेकी थिएँ, तर शरीरले साथ नदिँदा धेरै गाह्रो…
काठमाडौँ । लामो समयदेखि बढुवाबाट वञ्चित एसएसपी विश्व अधिकारीलाई अखेर न्याय मिलेको छ। आज बसेको प्रहरी बढुवा समितिको बैठकले अधिकारीलाई डिआइजी (DIG) पदका लागि सिफारिस गरेपछि प्रहरी संगठनभित्र ठूलो राहत र खुशी छाएको छ। यसअघि तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अधिकारीलाई बढुवामा रोक्दै अन्याय गरेको आरोप लागेको थियो। बढुवाको क्रमसूचीमा अधिकारी नम्बर १ मा रहेका भए पनि, व्यक्तिगत मनोमानी र इगोका कारण खापुङले उनलाई रोकिदिएका थिए। खापुङको सो कदमलाई प्रहरी संगठनभित्रै अत्यधिक आलोचना गरिएको थियो। धेरैले गाउँले एसएसपीलाई डिआइजी बनाउन अधिकारीको हक खोसिएको घटना भनेर व्याख्या गरेका थिए। यसै कारण उनका निर्णय र नेतृत्व शैली विवादित बनेका छन्। नयाँ प्रहरी…
काठमाडौं । सिमावर्ती पर्सामा सशस्त्र प्रहरी बल १३ नम्बर गणको संरक्षणमा हाल ठूलो मात्रामा तस्करी फेरि सुचारु भएको छ तर माथिल्लो निकाय भने मौन देखिन्छ। सिमानाका जस्तै संवेदनशील क्षेत्रमा तस्करीको कथा नयाँ नभए पनि यसपटक सशस्त्र प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी बढेको स्थानीयहरू बताउँछन्। केही महिना अघिदेखि रोकिएको तस्करी अहिले सबैठवा, धौरै र भिस्वा नाकाबाट तीव्ररूपमा मौलाउँदै गएको छ। सिमानामा २४ घण्टा सशस्त्र प्रहरीको ड्युटी हुँदा–हुँदै पनि रातभरि अवैध समान भित्रिने–निस्किने क्रम निरन्तर चलिरहेको छ। विशेषतः पर्साको पश्चिमी ग्रामीण क्षेत्रमा पर्ने भिस्वा नाकामा प्रहरीकै संरक्षणमा तस्करी निर्वाध भइरहेको बताइन्छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म लाहवरथकरीका प्रमुख डिएसपी लोकनाथ…
काठमाडौं । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा प्रहरीले नै संरक्षण दिएर दैनिक लाखौँ रुपैयाँको अवैध कौडा जुवा सञ्चालन गराइरहेको खुलासा भएको छ। इलाका प्रहरी कार्यालय बिजयपुरका इन्सपेक्टर सुरेन्द्र यादव र सशस्त्र प्रहरी बेस क्याम्प बिजयपुरका इन्सपेक्टर विकास श्रेष्ठको सीधा मिलेमतोमा पछिल्लो एक महिनादेखि अवैध जुवा धन्दाले फस्टाएको स्रोतले बताएको छ। बिजयपुरका शिवशंकर यादव, कटहरिया–५ का शिवशंकर साह सोनार, र कटहरिया–२ जमुनियाका चन्द्रकिशोर कुशवाहाले संयुक्त रूपमा गत दशैँदेखि नै बिजयपुर–लक्ष्मिनिया मुसहरी टोलमा कौडा जुवा सञ्चालन गर्दै आएका छन्। स्थानीयका अनुसार, जुवाको सुरक्षा र निगरानीको जिम्मा प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय गरुडाका केही घुमुवा प्रहरीलाई दिइएको छ।…
वडा सदस्यले विवाहित दलित महिला भगाएपछि पीडित परिवार बिचल्लीमा : न्यायका लागि भौतारिँदै
रौतहट । कटहरिया नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधिमाथि अनियमितताको आरोप त नयाँ होइन, तर यसपटक एक वडा सदस्यको कर्तुतले नैतिक पतनको चरम रूप उजागर भएको छ। कटहरिया–१ का नेपाली कांग्रेसका वडा सदस्य सतलाल दासले विदेशमा रहेका नागरिककी श्रीमती, तीन छोराकी आमा तथा दलित समुदायकी महिलालाई ललाइफकाई भगाएको आरोप खुलेपछि गाउँ शोक र आक्रोशले थिलथिल भएको छ। पीडित परिवारका अनुसार दासले मलेसियामा रहेका महिलाका श्रीमानले पठाएको १२ लाख रुपैयाँ नगद, झण्डै ३ लाख रुपैयाँका सुन-चाँदीका गरगहना सहित करिब १५ लाख बराबरको सम्पत्ति लिएर महिलालाई भगाएका हुन्। महिलाकी सासु घुनिया देवी दासले भनिन्, ‘पाँच वर्षदेखि विदेशमा बस्ने छोराले पठाएको सबै पैसा र गहना…
सर्लाही । भारत – नेपाल सीमामा जोडिएको सर्लाही जिल्लामा तस्करी खुलेआम बढ्दो छ । नियन्त्रणका लागि खटाइएका प्रहरी आफैं तस्करका संरक्षकमा बदलिँदा प्रशासनको विश्वसनीयता गम्भीर रूपमा प्रश्न उठेको स्थानीय स्रोतहरूको आरोप छ । नेपाल प्रहरीको उपस्थितिमाझैँ दैनिक लाखौँ रुपैयाँ बराबरका सामग्री सीमा पार हुँदै आएका छन् । सादा पोसाकमा खटाइएका घुमुवा प्रहरीहरूले तस्करहरूसँग मिलेमतो गर्दै ‘लाइन खोल्ने’ काम बढाएको दाबी छ । सर्लाहीमा अहिले सहायक प्रहरी हवल्दार रन्जेश पटेल, मजरुल होदा र प्रहरी जवान राजिव पटेलको नाम तस्करी गतिविधिमा प्रत्यक्ष रूपमा जोडिँदै आएको स्रोतको भनाइ छ । तिनले तस्करहरूसँग छुट्टै मोबाइलमार्फत सम्पर्क, रकम उठाउने र अवैध कारोबार सहज पार्ने कार्य…
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी गर्ने साथै हतियार लुटपाट गर्ने पोखराका दुई जनालाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका-५ का श्यामबहादुर तामाङ र पोखरा-२ का सागर राउतका साथबाट १ राउण्ड गोलीसहित बोल्ट र ट्रिगरको भाग जोडिएको १ थान, काठको बट १ थान, मोबाइल २ थान बरामद गरेको प्रहरीले जनाएको हाे । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
काठमाडाैं । देश अहिले यथार्थमै एउटा गम्भीर संक्रमणको चरणमा छ । यस अवस्थालाई बुझ्न सतही दृष्टि पर्याप्त हुँदैन गहिरो विश्लेषण तथ्य र प्रमाण आवश्यक छन् । २०८२ साल भदौ २३ र २४ गते देशभर भड्किएको जेनजी आन्दोलनले केवल तत्कालको असन्तुष्टि मात्र देखाएन दशकौँदेखि थिचिँदै आएका संरचनागत समस्या, अव्यवस्था, भ्रष्टाचार, नेतृत्वहीनता र कमजोर शासन प्रणालीको वास्तविक अनुहार बाहिर ल्याइदियो । देख्दा यो युवा पुस्ताको आकस्मिक क्रोध जस्तो लागे पनि यसको मूल कारण राज्यका दीर्घकालीन असफलता र जनतामा जम्मा हुँदै गएको भारी निराशा नै हो । सबैभन्दा चिन्ताजनक कुरा यति ठूलो अस्थिरता र क्षतिपछि पनि कसैले जिम्मा लिन चाहेन । संविधान कागजमा…