काठमाडौं । जेन-जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड, आगजनी गर्ने साथै हतियार लुटपाट गर्ने पोखराका दुई जनालाई प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको छ ।
पोखरा महानगरपालिका-५ का श्यामबहादुर तामाङ र पोखरा-२ का सागर राउतका साथबाट १ राउण्ड गोलीसहित बोल्ट र ट्रिगरको भाग जोडिएको १ थान, काठको बट १ थान, मोबाइल २ थान बरामद गरेको प्रहरीले जनाएको हाे ।
पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।
Facebook Comments Box
