Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्त अनिल कुशवाहा पर्सा अदालतमै सहलेखा पालका रूपमा हाजिर
पर्सा । पर्सा जिल्ला अदालतमा ज्यान मार्ने उद्योग मुद्दामा धरौटीमा छुटेका एक कर्मचारी पुनः त्यही अदालतमै सहलेखा पाल पदमा हाजिर भएका छन् । पकाहाँ मैनपुर गाउँपालिका–२ निवासी ३० वर्षीय अनिलकुमार कुशवाहा गत वैशाख ११ गते ७० हजार धरौटीमा छुटेका थिए । उनी भदौ ११ गते कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापबाट सरुवा भएर पर्सा जिल्ला अदालतको लेखा शाखामा सहलेखा पालका रूपमा उपस्थित भएका हुन् । स्थानीय हृदयनारायण महतोको जाहेरीका आधारमा कुशवाहासहित नौजनामाथि गत वैशाख ९ गते ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । घटनापछि फरार रहेका कुशवाहा अदालतमा उपस्थित भई धरौटीमा रिहा भएका थिए भन्ने विवरण धरौटीपत्रमा उल्लेख छ…
धनुषा । धनुषा जिल्लामा मोबाइल पसल फोडी करिब १० लाख रुपैयाँ बराबरको सामग्री चोरी गर्ने तीन सदस्यीय गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनुषाधाम नगरपालिका–८, केसरकट्टीका राजकुमार साहको ‘राजकुमार मोबाइल पसल’मा भदौ ६ गते बिहान करिब १ः४५ बजे चोरी भएको थियो। अज्ञात व्यक्तिहरूले पसलको शटरको ताला फोडी पसलभित्र प्रवेश गरी ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च तथा नगद ९८ हजार ७ सय ६५ रुपैयाँ चोरी गरेका थिए। चोरी भएको सम्पत्तिको मूल्य करिब १० लाख रुपैयाँ पुग्ने प्रहरीको अनुमान छ। घटनापछि पसलमा जडान गरिएको सीसीटीभी…
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कृष्णहरि शर्मा पोखरेल अनिवार्य अवकाशमा गएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहबीच उनको बिदाइ गरेका हुन् । पोखरेल एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुने भएका हुन् । भोलि शनिबार भएकाले शर्मालाई अघिल्लो दिन नै बिदाइ गरिएको हो । तर, शुक्रबार अर्थात आज यस्तो संयोग बन्यो, पोखरेलकै ब्याची अर्का एआईजी चन्द्रकुवेर खापुङले भने प्रहरीको कमाण्ड गर्ने अवसर पाएका छन् । २०५२ सालको प्रहरी निरीक्षक (इन्सपेक्टर) का ब्याची एउटा आईजीपी नियुक्त हुँदा अर्काको बिदाइ भयो । आज बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने…
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व चयन कहिल्यै सरल रहेन। प्रायः राजनीतिक दबाब, आन्तरिक शक्ति समीकरण र व्यक्तिगत पहुँचका कारण उच्च पदको नियुक्ति विवादको विषय बन्ने गरेको छ। तर, यसपटक गृहमन्त्री रमेश लेखकले एउटा उदाहरणीय कदम चाल्दै वरिष्ठतम अधिकारीलाई बरियताका आधारमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरे, जसले व्यापक प्रशंसा र सराहना पाएको छ। वरिष्ठ अधिकारीहरूको अनुभव, वरिष्ठता र योग्यताको मूल्याङ्कनभन्दा बढी राजनीतिक समीकरण र पहुँच निर्णायक बन्ने गरेको इतिहास छ। यही कारण प्रहरी संगठनभित्र असन्तुष्टि, मनोबल कमजोर हुने र विवाद सिर्जना हुने क्रम निरन्तर रहँदै आएको छ। प्रहरीका एक सेवानिवृत्त अधिकारी भन्छन्, ‘अहिलेभन्दा केही वर्षअघि नेतृत्व चयनमा पहुँच र व्यक्तिगत समीकरणले…
सामाजिक सञ्जाल दर्ता गर्ने यो अन्तिम मौका हो, दर्ता नभए बन्द हुन्छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सामाजिक सञ्जाल दर्ता नभए बन्द गरिने स्पष्ट पारेका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री गुरुङले मन्त्रिपरिषद्ले नै सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिक रूपमा आह्वान गरिसकेको भन्दै सरकारले तोकेको समयमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने बताएका हुन्। उनले यसअघि पटक-पटक दर्ताका लागि मौका दिए पनि केही सामाजिक सञ्जाल अझै नेपालमा दर्ता नभएकाले अब अन्तिम पटकका लागि दर्ता गर्न आह्वान गरिएको बताएका हुन्। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालकलाई जिम्मेवार तथा जवाफदेही बनाउन सात दिनको म्याद दिई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा…
ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको आकस्मिक निधन भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्कालै जिल्ला अस्पताल ताप्लेजुङ लगिएको भए पनि उपचारकै क्रममा ज्यान गएको हो। ४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। उनकाे स्थायी घर झापाको धुलाबारी हो।
श्रीमानको कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु – मृत्युको खबर सुनेपछि श्रीमतीको पनि मृत्यु
काठमाडौं । कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो। पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको थियो । श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्। कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्। हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ।
काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद, महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । सरकारको निर्णयअनुसार उनले ३२औँ आईजीपीका रूपमा भदौ १९ देखि नेतृत्व सम्हाल्ने भएका हुन्। हालका महानिरीक्षक दिपक थापा भदौ १८ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै ३ जना एआईजीहरु सुदिप गिरी, टेक बहादुर तामाङ र कृष्णहरि शर्मा पोखरेल पनि अवकाशमा जानेछन् । जन्मभूमिबाट सुरुवात तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका खापुङको जन्मभूमि हो । यही पहाडी गाउँमा बाल्यकाल बिताउँदै अध्ययन गरेका खापुङले २०५२ साल कात्तिक २७ गते प्रहरी सेवामा इन्स्पेक्टरका रूपमा प्रवेश गरे । पहाडको गाउँमा हुर्किएका उनले मेहनत, अनुशासन र लगनशीलताका आधारमा संगठनभित्र क्रमशः जिम्मेवारी बढाउँदै नेपाल…
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवंम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई वरियताका आधारमा प्रहरीको आईजीपीमा नियुक्त गरेको हो । तर, ३० वर्षे सेवाअवधिका कारण खापुङको कार्यकाल ७३ दिनको मात्रै हुनेछ । उनले २६ कात्तिक राति १२ बजेबाट अवकाश पाउनेछन् । खापुङले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा परेका छैनन् ।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले सो जानकारी गराउन संसदमा सम्बोधन गर्ने भएका हुन् । चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जानेछन् । त्यसबारे पनि उनले सांसदमा जानकारी दिने अनुमान छ । साथै, सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले सम्बोधनमा समेट्ने बताइएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले…