टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको निर्वाचन आज हुने भएको छ। आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुन लागेको हो।
अध्यक्षमा लामो समयदेखि जापानलाई आफ्नो कर्मभूमि बनाउँदै आएका रविन्द्र श्रेष्ठ ‘गोर्खाली’ र राजन गौतमबीच प्रतिस्पर्धा हुनेछ।
श्रेष्ठ नेपाल सन्देश डटकमका प्रधान सम्पादक समेत हुन् भने हाल महासंघका उपाध्यक्ष पनि हुन्। यस्तै श्रेष्ठका प्रतिस्पर्धी गौतम महासंघका वर्तमान सचिव हुन्।
त्यसैगरी, खुल्ला उपाध्यक्षमा मनिषा चम्लागाईं, गोकर्ण अधिकारी र बिनोदकुमार सापकोटा गरी तीन जना उम्मेदवार छन्।
यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल र सजिना मोक्तानबीच प्रतिस्पर्धा हुनेछ।
त्यस्तै सचिवमा अर्जुन लामिछाने र विश्वास आचार्य प्रतिस्पर्धामा छन्।
सह–सचिव (खुला) मा विष्णु प्रसाद सापकोटा र सह–सचिव (जनजाति) मा फुर्वा शेर्पा भने निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै कोषाध्यक्षमा भूलबहादुर राना ‘निशान’ पनि निर्विरोध विजयी भएका छन्।
खुला सदस्यहरुमा दिनेश थापा, दुर्गा प्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी र बिनोद ढकाल पनि निर्विरोध रूपमा चयन भएका छन्।
निर्वाचन प्रक्रियामार्फत आजै जापान शाखाले नयाँ नेतृत्व पाउनेछ।
