टोकियो । नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार राजन गौतमलाई हराउँदै निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्षमा मनिसा चम्लागाइ निर्वाचित भएका छन् । उपाध्यक्षमा उनीबाहेक गोकर्ण अधिकारी र बिनोद कुमार सापकोटाले पनि उम्मेदवारी दिएका थिए ।
यस्तै महिला उपाध्यक्षमा लक्ष्मी पौडेल चयन भएकी छन् । सचिवमा अर्जुन लामिछाने चयन भएका छन् ।
सह–सचिव (खुला) मा विष्णु प्रसाद सापकोटा र सह–सचिव (जनजाति) मा फुर्वा शेर्पा भने निर्विरोध निर्वाचित भइसकेका छन्। यस्तै कोषाध्यक्षमा भूलबहादुर राना ‘निशान’ पनि निर्विरोध विजयी भएका छन्।
खुला सदस्यहरुमा दिनेश थापा, दुर्गा प्रसाद आचार्य, भवानी भट्ट, भुवन भण्डारी, रामचन्द्र गिरी र बिनोद ढकाल पनि निर्विरोध रूपमा चयन भएका छन्।
जापानस्थित पत्रकार महासंघको शाखामा ८६ जना साधारण सदस्य छन् ।
