Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीमा प्रशासनिक जटिलता र राजनीतिक हस्तक्षेपका कारण २१ दिनदेखि अतिरिक्त महानिरीक्षक (एआईजी) को चार पद खाली रहेका छन्। १८ भदौमा दिपक थापाको ब्याचमेट अवकाशमा गएपछि रिक्त भएको पदमा अहिलेसम्म बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। बीचमा जेएनजी आन्दोलन भड्किँदा सरकारले बढुवा प्रक्रियालाई केही पर धकेल्यो। तर आन्दोलन शान्त भए पनि सुशीला कार्की नेतृत्वको सरकारले अझैसम्म बढुवा टुंग्याउन सकेको छैन। गृहमन्त्री विवादमा, बढुवामा प्रभाव गृह मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री ओम प्रकाश अर्याल आफैं करोडौं रुपैयाँको घोटाला प्रकरणमा मुछिएका छन्। जेएनजी आन्दोलनका क्रममा प्रहरी कर्मचारीको पोसाक जलेर नष्ट भएपछि नयाँ कपडा खरिद प्रक्रियामा गृहमन्त्रीको नाम समेत जोडिएको छ। यसले…

थप

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पर्साको वीरगन्ज निवासी नेपाली कांग्रेस केन्द्रीय सदस्य अनिल रुङ्टाको घरमा भएको आगजनीको लप्काले केवल उनको राजनीति मात्र होइन, एउटा सामान्य श्रमिक महिलाको जीवन पनि जलेको छ। पर्सा सखुवा प्रसौनी गाउँपालिका–२ की बासिन्दा ४५ वर्षीया सुशीला हजारा आफ्नो परिवारको पेट पाल्न रुङ्टा परिवारको घरमा घरेलु कामदार थिइन्। तर भदौ २४ गतेको आगलागीमा उनी राजनीतिक क्रोधको सर्वाधिक निर्दोष शिकार बनिन्। रातारात उनको जीवन समाप्तीको सुरुवात भयो– ५० प्रतिशत शरीर जलिसकेपछि वीरगन्जकै नेशनल मेडिकल कलेजमा भर्ना गरिएकी सुशीलालाई स्वास्थ्यमा सुधार नभएपछि राजधानी काठमाडौंको किर्तिपुर बर्न अस्पताल पुराइएको थियो। असोज ६ गते उपचारकै क्रममा उनको ज्यान गयो। सामान्य जीवन…

थप

काठमाडौं । नेपालको एक मात्र गुप्तचर निकाय, राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को नेतृत्व अब्बल र सक्षम मानिएका टेकेन्द्र कार्कीले पाएका छन्। गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको हो। हालै अवकाश प्राप्त गरेका तत्कालीन प्रमुख हुतराज थापाको ब्याचमेट रहेका कार्कीलाई गुप्तचर क्षेत्रमा अनुभव, विश्लेषण क्षमता र संगठनात्मक दक्षताको कारण उपयुक्त मानिएको बताइन्छ। कार्कीसँगै मुख्य निर्देशक पदमा ओमप्रकाश जोशी पनि प्रतिस्पर्धामा रहेका भएपनि अन्ततः मन्त्रिपरिषद्ले कार्कीलाई छनोट गरेको हो। कार्की लामो समयदेखि विभागभित्र जिम्मेवारीसहित काम गर्दै आएका छन् र विभिन्न संवेदनशील सूचनाको विश्लेषण तथा व्यवस्थापनमा दक्ष मानिन्छन्। विभागभित्र कार्कीलाई कर्तव्यनिष्ठ, अनुशासित र कार्य सम्पादनमा सक्षम व्यक्तिका…

थप

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा अहिले पनि शिवपुरीस्थित सेनाको ब्यारेकमा उपचार गरिरहेका छन् । देउवाको टाउकोमा गम्भीर चोट लागेपछि १२ टाँका लगाइएको छ । जानकार नेताहरुका अनुसार उनलाई अहिले पनि निद्रा राम्रो परेको छैन । उठ्दा रिंगटा लागिरहेको छ । चिकित्सकहरुले देउवालाई आराम गर्न सुझाव दिएका छन् । देशमा सत्ता परिवर्तन भएको बेला उनी भने शिवपुरीस्थित सेनाको ब्यारेमा बसिरहेका छन् । ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एउटा योद्दामाथि भएको हमलालाई उहाँले सामान्य रुपमा लिनुभएको छैन’, देउवासँग भेटेर आएका एक नेताले भने ।…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोटका बारेमा निष्पक्ष छानबिन होस् भन्ने चाहना राखेका छन् । अनुमान र हल्लाका भरमा भन्दा पनि निष्पक्ष छानबिनबाट सत्य बाहिर ल्याउनुपर्नेमा उनको जोड छ। सोमबार विराटनगरस्थित कोइराला निवास पुगेर पत्रकारसँग कुरा गर्दै शर्माले यस विषयमा सम्पत्ति शुद्धीकरण विभागलगायत राज्यका निकायहरूले अनुसन्धान गरिरहेका भन्दै त्यसैको नतिजालाई स्वीकार गर्नुपर्ने स्पष्ट पारेका छन्। शर्माले कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमै पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले उठाएको प्रश्न स्मरण गर्दै यसलाई स्पष्ट पार्ने जिम्मेवारी सभापति निवास पक्षकै हुने बताए। उनले आफूले यस विषयमा ध्यानाकर्षण गराइसकेको उल्लेख गर्दै…

थप

ललितपुर । जेनजी समूहद्वारा आह्वान गरिएको विरोध कार्यक्रमको क्रममा प्रहरी चौकीमा आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। ललितपुर प्रहरीका अनुसार महानगरपालिका–२ सानेपाकी २४ वर्षीया सृष्टी तामाङ र बैतडीको मलौली नगरपालिका–९ घर भई हाल ललितपुर महानगरपालिका–१० कुपण्डोल बस्ने २४ वर्षीय धिरेन्द्र चन्दलाई पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी प्रभाग हनुमानस्थान, कुपण्डोलमा भदौ २४ गते गरिएको तोडफोड तथा आगजनी प्रकरणमा संलग्न रहेको प्रमाण फेला परेको ललितपुर प्रहरी परिसरका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए। उनका अनुसार आन्दोलनकै क्रममा सरकारी सम्पत्तिसँगै प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामान (पोशाक तथा अन्य सामग्री) मा समेत क्षति पुर्याइएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर–भिडियो तथा विशेष सुराकका…

थप

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो । यसअघि राअविका प्रमुख हुतराज थापाले भदौ २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश लिएका थिए । आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा अवकाशमा गएपछि मुख्य अनुसन्धान निर्देशक पद रिक्त भएको थियो।

थप

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला नजिकै मुग्लिङ–नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा दुबै तर्फको यातायात पूर्णरूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार लगातार माथिबाट पहिरो खसिरहेकाले सडक पन्छाउने कार्यमा कठिनाई भइरहेको छ। प्रहरी र प्राविधिक टोलीले सडक खुलाउने प्रयास जारी राखेका छन्। त्यस्तै, प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र प्रहरी प्रमुख पुरीले फिल्डमै पुगेर अवस्थाको अनुगमन गरेका छन्। यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरुले वैकल्पिक बाटो प्रयोग गर्न वा सडक अवरोध पूर्णरूपमा हटेपछि मात्र सो मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। सडक प्रयोग गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरमा सम्पर्क गर्न समेत प्रहरीले…

थप

धनुषा, २०८२ असोज ३ सशस्त्र प्रहरी बल नेपालले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा८३५ किलो बरामद गरेको छ। धनुषा जिल्लाको विदेह नगरपालिका -३गोब्राहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा ८३५ किलोग्राम सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रबार दिउँसो करिब १३:२० बजे सो गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरीले बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल¸ नेपालले जनाएको…

थप

वीरगन्ज ।भ्रष्टाचार काण्डका दर्जनो मुद्दामा मुछिएको र कर्मचारी भित्र्र्र भ्रष्टाचार किंङ्ग‘ ले प्रख्यात व्यक्ति हुन पर्साको कालकिामाई गांउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरि । बजेट दुरुपयोग र करार कर्मचारी भर्ना बाट रकम उठाउने कार्यमा मिडियामा प्राय चर्चामा रहने गिरिलाई जनस्तरबाट कार्यवाही गर्न आवाज उठेको छ ।कालिकामाई गाउपालिकाका नयांपुस्ता आन्दोलनले कहिलै कार्यालय नआउने र र्स्कापियोको भाडामा मात्र एकलाख खर्च गर्ने गिरिलाई कार्यवाही गर्न मांग गरेको छ । गिरि कालिकामाईमा बिगत तिन आर्थिक वर्षदेखी छन,तर आज सम्म उनले कुनै प्रकारको पारदर्शिता अपनाएका छैन्‌न ।पालिकाको वेबसाइट अपडेट छैन,सार्वजनिक सुनवाई वां अन्य कुनै माध्यमबाट आम्दनी खर्च सार्वजनिक गरेका छैन्‌न । गिरीको गैरजिम्मेवार रवैयाले स्थानीय…

थप