सर्लाही । बिष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।
Facebook Comments Box
