Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले भदौ २४ गते आन्दोलनका क्रममा ध्वस्त भएको ट्राफिक कन्ट्रोल रूम बनाइदिने भएका छन् । श्रेष्ठले बताएअनुसार, ‘ट्राफिक कन्ट्रोल रूम नभएका कारण सुरक्षा चुनौती बढेको छ र दुर्घटना घटना बढ्ने खतरा समेत छ। हामीले एक करोडको लागतमा पहिलेभन्दा सुविधासम्पन्न र प्रविधियुक्त कन्ट्रोल रूम निर्माण गर्ने योजना बनाएका छौं। दसैंअघि नै यसलाई सञ्चालनमा ल्याउने लक्ष्य छ।’ उनले थपे, ‘दोस्रो चरणमा कस्तो सहयोग गर्न सकिन्छ, त्यसका लागि पनि हामी तयार छौं।’ ट्राफिक कन्ट्रोल रूम नभएकै कारण मापसे परीक्षण लगायतका गतिविधिहरूमा कठिनाइ भएको उनले बताए। नेपाल प्रहरीका लागि अत्यन्त जरुरी पर्ने ट्राफिक कन्ट्रोल रूम…
पर्सा । प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले सात महिनाको छोटो कार्यकालमा संवेदनशील जिल्ला पर्सामा उल्लेखनीय उपलब्धि हासिल गरेका छन् । गत शुक्रबार मिश्रको जिप्रका पर्साबाट सरुवा भएको छ । उनका नेतृत्वमा पर्सा प्रहरी प्रशासन, अपराध नियन्त्रण र समुदाय–मैत्री policing मा बलियो प्रभाव देखियो । एसपी मिश्र अनुशासित, मिजासिला र सफल कमाण्डरका रूपमा परिचित अधिकृत हुन्। उनका जागिरे अनुभव—इन्स्पेक्टर, डिएसपी र एसपीको रूपमा विभिन्न जिल्लामा—उनको नेतृत्व शैली र अपराध नियन्त्रण क्षमतामा देखिन्छ। पर्सामा प्रमुख उपलब्धिहरू कार्यसम्पादन मूल्याङ्कनमा प्रदेशमै पहिलो स्थान : पर्सा प्रहरी मधेश प्रदेशमा कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थान हासिल गर्न सफल भयो। मानव बेचबिखन नियन्त्रणमा उत्कृष्टता : मानव बेचबिखन रोकथाम…
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसद, मेयरसहित राजनीतिक पदाधिकारीहरूका स्वकीय सचिवको सुविधा खारेज गरेको छ। अर्थ मन्त्रालयले केन्द्रका मन्त्रालय, प्रदेश र स्थानीय तहलाई पत्राचार गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय भएको हो। नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू लगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने निर्णय गरेको हो। अर्थ मन्त्रालयले सार्वजनिक गरेको निर्णयमा भनिएको छ, ‘नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू लगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा कार्यकक्ष नराख्ने। यस्ता स्वकीय सचिवालयका कर्मचारीका…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङले आफ्नै भतिजा कैलाश लिम्बु खापुङलगायत ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गर्दा संगठनभित्र चर्को विवाद सिर्जना भएको छ । सूचीमा मोरङ सिजुवा इप्रका सरुवा भएका कैलाश मात्र होइन, इन्स्पेक्टर दिपक थापा पनि परेका छन् । थापाको इलाका प्रहरी कार्यालय मनहरी, हेटौंडा सरुवा भएको छ । यस्तै, काज सरुवामा दानबहादुर मिरिङ्चिङ पनि परेका छन् । सिराहाको ट्राफिक कार्यालयमा १६ महिना कार्यरत उनी अहिले उदयपुर ट्राफिकमा पठाइएका छन् । उनी पनि ‘क’ श्रेणीकै कार्यालयमा सरुवा भएका हुन् । अकुत सम्पति आर्जन गरेको आरोप लागेका उनी समेत विवादित अधिकृत हुन् । त्यसैगरी, सातदोबाटो ट्राफिक र…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार नियमित सरुवा प्रक्रिया रोकेर ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरुवा गरेको छ । सूचीमा प्रहरी महानिरीक्षक (आईजी) चन्द्रकुबेर खापुङका भतिजा कैलाश लिम्बु खापुङ पनि परेका छन् । उनी मोरङ सिजुवा इलाका प्रहरी कार्यालयमा पठाइएका छन् । गृहमन्त्री ओम प्रकाश अर्यालले नियमित सरुवा निकाल्न निर्देशन दिएपनि आईजीपी खापुङले उनको कुरालाई वेवास्ता गर्दै काज आदेश जारी गरेका हुन् । मोरङको सिजुवा इन्स्पेक्टरको लागि आकर्षक ठाउँ हो । आर्थिक आम्दानी राम्रो हुने सिजुवाबाट बिना भन्सार ठूलो मात्रा किराना आइटम ल्याएर उदयपुरको गाइघाट पुर्याउने गरिन्छ । जुनकुरामा धेरैको आँखा पर्दैन । सोहीकारण कैलाशलाई आईजी खापुङले सिजुवा पठाएका…
काठमाडौं । जेएनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी हत्यामा संलग्न मुख्य आरोपितसहित २ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपित सिन्धुपाल्चोकका ओम पौडेललाई पक्राउ गरेको हो । यस्तै काभ्रेका युवराज क्यापफाकी समेत पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलन उग्र बन्दा प्रदर्शनकारीहरुले प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको कुटी-कुटी हत्या गरेका थिए । प्रहरीले सामाजिक सञ्जालमा आएको भिडियो, सीसीटिभी फुटेजमा देखिएको अनुहारका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी जवान थापालाई कुटेको दृश्य तलको भिडिओमा हेर्नुहोस् । असई रायको हत्यामा पक्राउ…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले नियमित सरुवा रोकेर अचानक ७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई काजमा पठाएको छ । गृहमन्त्री ओम प्रकाश अर्यालले तत्काल नियमित सरुवा निकाल्न निर्देशन दिएपनि प्रहरी महानिरीक्षक (आईजी) चन्द्र कुबेर खापुङले उनलाई कुरा मिलाएर काज आदेश जारी गरेका हुन् । सूचीअनुसार दीपक थापा इप्रका मनहरि हेटौडा, कैलाश लिम्बु खापुङ सिजुवा मोरङ, शालिकराम तिमिल्सिना सिरहा ट्राफिक, दानबहादुर मिरिङ्चिङ उदयपुर ट्राफिक, सपना खड्का इप्रका डकाह सिन्धुली र बिनोद ठवालको नुवाकोट ट्राफिकमा काज सरुवा भएको छ । यस्तै इन्स्पेक्टर कमल राउतको एकल जिल्ला प्रहरी कार्यालय रामेछापमा काज गरिएको छ । यसमध्ये कैलाश लिम्बु र दानबहादुर मिरिङ्चिङ, शालिकराम तिमिल्सिना खापुङका नजिकका…
काठमाडौं । राजधानीमा चलेको जेनजी आन्दोलनका क्रममा भदौ २४ गते महाराजगन्जमा दुई प्रहरीको निर्मम हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको जनाएको छ। उक्त दिनको आक्रोशपूर्ण प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत मिलन राय र उत्तम थापाको प्रदर्शनकारीको भीडले कुटपिट गरी हत्या गरेको थियो। प्रहरीले घटनास्थलका तस्बिर तथा भिडियो विश्लेषणमार्फत संलग्न व्यक्तिहरूको पहिचान गर्ने कार्यलाई तीव्र पारेको छ। तोडफोड, आगजनी र लुटपाटमा संलग्न अरूलाई पनि क्रमशः पक्राउ गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौं । रौतहटको मौलापुर नगरपालिका–९ सोनारनियामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर प्रवेश कार्कीको कमाण्डमा खटिएको टोलीले सोनारनियास्थित मनोज जैसवालको घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय महेश मुखिया, ३६ वर्षीय रामचलिसा साह कानु, २९ वर्षीय विरेन्द्र साह कलवार, मौलापुर–४ का ३७ वर्षीय विरेन्द्र साह, कटहरिया–४ का ३६ वर्षीय प्रमोद साह, बारा आदर्शकोतवाल–५ का २७ वर्षीय रामबाबु पासवान र ५२ वर्षीय बच्चा प्रसाद भेडिहर रहेका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए। डिएसपे कार्कीकाअनुसार उनीहरूको साथबाट नगद ५४ हजार ६ सय ७५ नेपाली रुपैयाँ, ३…
काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत ३ सचिवको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाललाई गृह सचिवको जिम्मेवारी दिइएको छ भने त्यहाँ कार्यरत सचिव गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरेको छ । दुवाडीले तत्कालिन गृहमन्त्री रमेश लेखक जिम्मेवारीमा आइसकेपछि राष्ट्रिय तथ्यांक कार्यालयबाट सरुवा गरेर मन्त्रालयको सचिवको जिम्मेवारी पाएका थिए । दुवाडी करिव २ महिनापछि आागमी मंसिर १० मा ५ वर्षे सचिवको कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जादैँछन्। यस्तै, योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको…