काठमाडौं । विशेष अदालतले सहसचिव तिर्थराज भट्टराईलाई धरौटीमा छोट्न आदेश दिएको छ । तत्कालिन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। आयोगले भट्टराईसहित तीन जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६०० विगो र सजायको माग गरेको थियो।
त्यस्तै आयोगले भट्टराईसहित ७ जनाविरुद्ध भिजिट भिसा तस्करी प्रकरणमा पनि मुद्दा दायर गरेको छ ।
Facebook Comments Box
