Author: Scoop Khabar

काठमाडौं । साढे सात वर्षपछि राष्ट्रिय अनुसन्धान विभाग (राअवि) गृह मन्त्रालय मातहत आएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेसँगै औपचारिक रूपमा गुप्तचरी निकाय राअवि गृह मन्त्रालय मातहत आएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।२०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृह मातहत रहँदा बेकामे बनेको आरोप लगाउँदै गुप्तचरलाई प्रधानमन्त्री कार्यालय मातहत लगिएको थियो । अन्य विभागहरू पूर्ववर्ती रूपमा फर्किए पनि कानुनी अड्चनका कारण राअवि प्रधानमन्त्री कार्यालय मातहत रहेको थियो। विशेष सेवा ऐनको दफा ४ मा प्रष्ट रूपमा राअवि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

थप

काठमाडौं । दीपक आचार्य ‘काकु’ निर्देशित ब्लकबस्टर नेपाली चलचित्र ‘परान’ अब अन्तर्राष्ट्रिय बजारमा पनि प्रदर्शन हुने तयारीमा छ। सोहीअनुरुप, नीर शाह मुख्य भूमिकामा रहेको फिल्म जापानमा प्रदर्शन हुन लागेको हो। आउँदो ३० तारिख आइतबार, टोकियोको नाकानो जिरो हलमा साँझ ६ बजे विशेष शो प्रस्तुत हुने भएको छ। जसको लागि टिकट २५०० येन र ३००० येनको दरले उपलब्ध हुनेछ। यसका अतिरिक्त, जापानका अन्य सहरमा पनि ‘परान’ प्रदर्शन गर्न चाहनेहरूले +८१७०-९०७०-९३२० मा सम्पर्क गर्न सक्ने आयोजक पक्षले जनाएको छ। २०८२ सालको सबैभन्दा धेरै कमाइ गर्न सफल नेपाली फिल्म बनेको ‘परान’ले प्रदर्शनको २३ औँ दिनसम्म करिब १३ करोड रुपैयाँ ग्रस बक्स अफिस कमाइ…

थप

काठमाडौं । अवैध लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिकले कपिलवस्तु जिल्लास्थित प्रहरी हिरासत कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेका छन्। सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ३९ वर्षे विनोदकुमार निसाद राति करिब १ बजेतिर शौचालयमा गएका थिए। लामो समयसम्म नफर्केपछि सँगै सुतेका थुनुवाले प्रहरीलाई खबर गरे। प्रहरी टोली पुगेपछि निसाद शौचालयको भेन्टिलेसनमा ब्ल्याङ्केटको बिट उधारेर बनाएको पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए। भारतको सिद्धार्थनगर जिल्लाको दुनेथा दमनका निसाद १९ दिनअघि पक्राउ परेका थिए। कार्तिक १४ गते राति भारतबाट ७९.६४ ग्राम खेरो (हिरोइन) ल्याउँदै गर्दा उनी समातिएका थिए। घटना बाहिरिन नदिई गुपचुप राखिएको आरोप लगाइएकाे छ। अनावश्यक झमेला र…

थप

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीको मनोबल उठाउन सरकार सक्रिय रहेको बताएकी छिन्। बुधबारको सर्वदलीय बैठकमा बोल्दै उनले ३५ वर्षमा प्रहरीको मनोबल घटाइएकोमा अहिले स्रोतसाधन जुटाएर प्रहरीलाई बलियो बनाउने काम भइरहेको बताएकी हुन्। ‘प्रहरीमा नयाँ नेतृत्व आइसकेको छ र एक्सनमा जाने अवस्था छ। प्रहरीको मनोबल हामीले २ महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरु बन्दोबस्तीका सामान हामीले नदिएका हैनौँ,’ उनले भनिन्, ‘गृह र अर्थ मन्त्रालयमा फाइल हामीले अड्काएका होइनौँ। बरु हामीले फटाफट काम अघि बढाएका छौँ।’ नेताको घरबाट सुरक्षाकर्मी फिर्ता गरिएको र प्रहरीले गर्व गर्ने संगठन बनाउने प्रयास भइरहेको उनको भनाइ छ। ‘नेता र तिनका आफन्त नातेदारहरूका घरमा भाँडा…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलमा ३ वटा नायब महानिरीक्षक (डिआईजी)को दरबन्दी थप गर्ने निर्णय भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्दै ३ वटा डिआईजीको दरबन्दी थपेको हो । सशस्त्रमा ३ जना डिआईजीको दरबन्दी थप गर्नेबारे निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । यसअघि सशस्त्रमा २ जना प्राविधिकसहित १८ डिआईजीको दरबन्दी थियो । अब ३ जना थपिएसँगै सशस्त्रमा २१ जना डिआईजी हुनेछन् । सशस्त्रको कानुन महाशाखा, विपद् व्यवस्थापन महाशाखा र इन्टेलिजेन्स ब्यूरोलाई अब डिआईजीले कमाण्ड गर्नेछन् । कानुन महाशाखालाई निर्देशनालय र विपद् व्यवस्थापन महाशाखालाई पनि निर्देशनालयमा परिणत गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले…

थप

विराटनगर । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । मंसिर २ गते मोरङको विराटनगर महानगरपालिका-१३ स्थित सडक किनारमा को.१४ प ४५८७ नम्बरको मोटरसाईकलमा संकास्पद गतिबिधी गरीरहेको अवस्थामा विराटनगर-८ का २८ बर्षीय अजय कुमार मुखिया र विराटनगर-१६ का अजय कुमार राउतलाई शंकालागी चेकजाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर १४० ग्राम १८ मिलिग्राम बरामद भएको हो । यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले विराटनगर-११ बसपार्क स्थितबाट भारत अररियाका २८ बर्षीय मो. मोजाहित र २० बर्षीय राज कुमार दासको साथबाट १५२ ग्राम…

थप

काठमाडौं । नेपाल प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन बिचौलियालाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–२ का ३६ वर्षीय विरेन्द्र थापा मगर, सिन्धुपाल्चोक चौतारा नगरपालिका–५ का ४३ वर्षीय मिक्टे लामा र सर्लाही हरिवन नगरपालिका–१ का ३२ वर्षीय भाग्यनारायण साह छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, पक्राउ पर्नेहरूले विभागको मूलगेट बाहिर सेवाग्राहीलाई विभिन्न प्रलोभन देखाई छिटोछरितो पासपोर्ट बनाइदिने भन्दै अतिरिक्त रकम लिने गरेका थिए । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेहरूले सेवाग्राहीलाई दुःख दिने तथा राहदानी विभागका कर्मचारीहरूको…

थप

काठमाडौं । सिन्धुलीको ढुंग्रेबास चेकपोस्टमा इन्चार्जका रूपमा बसेका असई हरिन्द्र ठाकुरमाथि तस्करी, अवैध उठ्ती र गाँजा कारोबारसम्म ‘सेटिङ’ गरेको आरोप छ। चेकपोस्टमा दिनहुँ १५-२० हजार रुपैयाँसम्म नगद उठ्ने र सो रकम प्रदेश प्रहरी प्रमुखसम्म पुग्ने गरेको छ। स्रोतका अनुसार असई ठाकुर करिब एक वर्षदेखि ढुंग्रेबास चेकपोस्टका इन्चार्ज छन्। चेकजाँचका नाममा दैनिक उठ्ने रकममाथि उनी र नजिकका अधिकारीहरूको प्रत्यक्ष निगरानी रहने गरेको व्यापारीहरूले बताएका छन्। गाँजा खेतीमा ‘लाइने’ भूमिका? कानेश्वरदेखि ढुंग्रेबाससम्मको नेटवर्क सिन्धुलीको क्यानेश्वर क्षेत्र लामो समयदेखि गाँजा खेतीको मुख्य केन्द्रका रूपमा चिनिन्छ। स्थानीयहरूले बताएका अनुसार यहाँ करिब ३०-४० बिगाहासम्ममा अवैध गाँजा खेती हुँदै आएको थियो। त्यो समयमा असई ठाकुर क्यानेश्वर…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै जाँदा सामाजिक सुरक्षामा नयाँ चुनौती थपिएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७० औँ स्थापना दिवसका अवसरमा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमार्फत भइरहेको दुरुपयोगले आपराधिक गतिविधि छिटो फैलिनुका साथै अनुसन्धानको दायरा पनि जटिल बन्दै गएको बताएका हुन्। उनकाअनुसार लागूऔषधको दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराधदेखि आत्महत्यासम्मका घटनामा डिजिटल प्लेटफर्मको व्यापक दुरुपयोग देखिन थालेको छ। यस्ता गम्भीर र अन्तर्देशीय प्रकृतिका आपराधिक घटनाको प्रभावकारी अनुसन्धानका लागि क्षमतावृद्धि तालिम अहिलेका लागि अत्यावश्यक रहेको महानिरीक्षक कार्कीले स्पष्ट पारे। फैसला कार्यान्वयन, फरार प्रतिवादीको…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूबाट खटिएको गस्ती टोलीले पछिल्लो २८ दिनभित्र ४० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ। हालै मात्र कमाण्ड सम्हालेका जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीको नेतृत्वमा जिल्लाभरि शान्ति–सुरक्षा, तस्करी नियन्त्रण र लागुऔषधविरुद्धको अभियानमा उल्लेखनीय उपलब्धि हासिल भएको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालयले सोमबार आयोजना गरेको पत्रकारसँगको परिचयात्मक कार्यक्रममा एसपी कार्कीले आफ्नो २८ दिनको कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका थिए। उनले कात्तिक २ गतेदेखि ३० गतेसम्मको अवधिमा जिल्लामा भन्सार छली, लागुऔषध कारोबार, फरार प्रतिवादी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण लगायतका क्षेत्रमा ठोस परिणाम देखिएको बताए। उनकाअनुसार पछिल्लो २८ दिनमा जिल्ला प्रहरी…

थप