Author: Scoop Khabar

काठमाडौं । विवादित प्रहरी पृष्ठभूमि बोकेका विश्वराज पोखरेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ओखलढुंगाबाट टिकट दिएको विषयले राजनीतिक बहस तातेको छ। नेपाल प्रहरीमा रहँदा नै पटक–पटक विवादमा तानिएका पोखरेलको राजनीतिक प्रवेशले रास्वपा भित्र र बाहिर दुवैतर्फ गम्भीर प्रश्नहरू जन्माएको छ। सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कारको नारा बोकेर उदाएको दलले विवादित पृष्ठभूमि भएका पात्रलाई उम्मेदवार बनाउनु आफैंमा विरोधाभासका रूपमा हेरिएको छ। पोखरेल काठमाडौं प्रहरी प्रमुख रहँदा व्यवसायी अनिल गजमेरमाथि योजनाबद्ध रूपमा दर्जनौं मुद्दा लगाइएको विषय लामो समय सार्वजनिक बहसमा रह्यो। तीमध्ये एउटा पनि अन्ततः ठहर हुन नसक्नुले प्रहरी शक्तिको प्रयोग कसरी गरिएको थियो भन्ने प्रश्न अझै जीवित छ। एउटै व्यक्तिमाथि लगातार…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधेस प्रदेश कमिटी सदस्य डा. इन्द्रजित महतोले पार्टी नेतृत्वले प्रतिनिधिसभा उम्मेदवारको टिकट बिक्री गरेको आरोप लगाएका छन्। सर्लाही ३ बाट टिकटका आकांक्षी महतो मेडिकल डाक्टर हुन्। आफूले पाउन लागेको टिकट अन्तिम अवस्थामा पार्टीले नेता नरेन्द्र साह कलबारलाई बेचेको उनको आरोप छ। ‘सर्लाही ३ मा रास्वपाबाट सबैभन्दा बलियो दाबेदार म नै थिएँ,’ महतोले भने, ‘तर हिजो मात्रै रास्वपा प्रवेश गरेका अमरेस सिंह, जिल्ला सभापति सरोज बानियाँ लगायतले नरेन्द्र साहलाई टिकट बेचे।’ उनले टिकट किनबेचमा रास्वपाका प्रवक्ता मनिष झा, पुरुषोत्तम यादव लगायत पनि सहभागी भएको आरोप लगाएका छन्। गएराति जनकपुरमा प्रतिनिधिसभाको टिकट किनबेच भएको आरोप महतोको…

थप

काठमाडौं । नेपाली कांग्रेसले गोरखाका दुवै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । गोरखा क्षेत्र नम्बर १ म प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीलाई कांग्रेसले टिकट दिएको हो । महाधिवेशन तथा महासमिति सदस्य समेत रहेका खत्री खत्री एलओडी क्लबका सञ्चालक हुन् भने दवाडी गण्डकी प्रदेशका पूर्वसांसद हुन्।

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मीको क्षेत्र नं. २ बाट पूर्व प्रहरी अधिकृत तथा अधिवक्ता गोविन्द पन्थीलाई उम्मेदवार घोषणा गरेको छ। ३० वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश प्राप्त पन्थी अहिले रास्वपासँग जोडिएर सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय छन्। पन्थी गुल्मी २ को मदाने गाउँपालिका–७ का स्थायी बासिन्दा हुन्। प्रहरी सेवामा रहँदा उनी भिजिट भिसा प्रकरण र भुटानी शरणार्थी प्रकरणको छानबिन बाहिर ल्याएर चर्चामा आएका थिए। उक्त विषयलाई सार्वजनिक गरेसँगै रास्वपाले संसद्मा समेत मुद्दालाई लिएर सरकारविरुद्ध लामो समय सदन अवरुद्ध गरेको थियो। पन्थीले जनप्रशासनमा एमए र कानुनमा स्नातक गरेका छन् र सरकारी सेवापछि कानुनी…

थप

काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भोलि (६ गते) राजीनामा दिने भएकी छिन् । उनले भोलि बस्ने कार्यपालिकामा राजीनामा बुझाएर चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारी दिइने उनको सचिवालयले जनाएको छ । उनले महानगर छोड्नुअघि आज पत्रकार सम्मेलन गरेकी थिइन् । पत्रकार सम्मेलनमा उनी भावुक हुँदै रोएकी छिन् । जनप्रतिनिधि र कर्मचारीसहित उपस्थित भएकी दाहाल उपप्रमुख चित्रसेन अधिकारी बोल्दै गर्दा रोएकी हुन् । दुई कार्यकाल मेयर भएकी दाहालले पहिलो पटक २०७४ र दोस्रो पटक २०७९ सालको स्थानीय तहको निर्वाचनमाजित हासिल गरेकी थिइन् ।

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ। सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १ मा चुनाव लड्न लागेकी हुन्। यसअघि उनले काठमाडौंको क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन्।

थप

काठमाठौं । नेपाली कम्युनिस्ट पार्टीले सल्यानमा रमेश मल्ललाई उम्मेदवार बनाउने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ। नेकपाले मल्ललाई टिकट दिएको हो। उनी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयमा पनि काम गरेका थिए। नेकपा नेता प्रकाश ज्वालाले टिकट नपाएका हुन्। उनी २०७९ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। ‘सल्लाहमै यसपालि रमेशजीलाई उम्मेदवार बनाउने भन्ने भयो, म उम्मेदवार नहुने भएँ। मैले समर्थन गरेको छु,’ ज्वालाले भने।

थप

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकको सुरक्षा संयन्त्रमा ठूलो हेरफेर गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एकै पटक ठूलो संख्यामा आफ्ना कर्मचारीहरूको सरुवा गरेका छन्। प्रदेश प्रहरी नेतृत्वदेखि जिल्ला प्रहरी प्रमुख र इलाका प्रहरी कार्यालय प्रमुखसम्म कमाण्ड तहमा व्यापक परिवर्तन गरिएको हो। नेपाल प्रहरीले हालै गरेको सरुवाअनुसार ६७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), ४८ जना प्रहरी उपरीक्षक (एसपी), १० जना वरिष्ठ उपरीक्षक (एसएसपी) र ८ जना नायब महानिरीक्षक (डीआईजी) नयाँ जिम्मेवारीमा खटाइएका छन्। यसलाई निर्वाचन नजिकिँदै गर्दा गरिएको सबैभन्दा ठूलो प्रशासनिक ‘रोटेशन’का रूपमा लिइएको छ। यस्तै, सशस्त्र प्रहरी बलले पनि ६ जना इन्स्पेक्टर,…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) र २ जना सशस्त्र प्रहरी बरिष्ठ उपरक्षिक (एसएसपी)हरुको सरुवा भएको छ । हेर्नुहोस् कुन डीआईजी कहाँ पुगे ? हेर्नुहोस् एसएसपी सरुवा

थप

काठमाडौं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) र सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले १६ जना डिएसपी र इन्स्पेक्टरहरुको जिम्मेवारी हेरफेर गरेका हुन् । यस्तो छ सूची

थप