कृष्ण यादव
काठमाडौं । पर्सा क्षेत्र नम्बर ३अन्तर्गत सखुवाप्रसौनी प्रसौनी गाँऊपालिका वडा नम्बर ३ कटेयामा मा विभिन्न पार्टी परित्याग गरि रावस्पामा प्रवेश गरेका छन्।कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी आएका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको थियो ।
रावस्पका उम्मेदवार रामाकान्त चौरसियालाई जिताउन सखुवा प्रसौनी गाऊपालिका वडा नम्बर ३ कटेयामा वडा अध्यक्ष पदका उम्मेदवार सहित सयौजना नेता कार्यकर्ता पार्टी प्रबेस गरेका छन्।
नवप्रवेशीहरूलाई चौरसियाले फूलमाला लगाएर पार्टीमा स्वागत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनविश्वास बढ्दै गएको बताए ।
नवप्रबेशीहरुले देशमा परिवर्तनको लागि नयाँ विकल्प शक्तिको रुपमा रहेकोले घन्टीलाई भोट हालेर जिताउन बताएका छन्।
सखुवा प्रसौनी गाऊपालिकाका सभापति शम्भु यादवको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिती रावस्पाका मधेस प्रदेस संगठन विभागको प्रमुख प्रमोद सहनी रहेका थिए।
उक्त कार्यक्रममा बिशेष्ट अथिती रावस्पाका क्षेत्रिय सभापति मनोज कुर्मी,क्षेत्रिय निर्वाचन परिचालन समितीको संयोजक योगेन्द्र कुर्मी लगाएतको सहभागिता थियो।
