काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगमी असोजमा हुने भएको छ । शुक्रबार बसेको बोर्ड बैठकले साउनमा जिल्ला, भदौमा प्रदेश र असोजमा केन्द्रतको चुनाव गर्ने निर्णय गरेको हो ।
जिल्लाको निर्वाचन साउन मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेशको निर्वाचन भदौ १० गतेसम्म गर्ने निर्णय गरेको छ । केन्द्र अर्थात क्यानको निर्वाचन असोज ५ र ६ गर्ते हुने भएको छ ।
त्यस्तै क्यानले मुलपानी माथिल्लो मुलपानी मैदानको नामकरण गरेको छ । क्यानका पूर्वअध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट जय कुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको जनाएको छ ।
क्यानले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत गरेको जनाएको छ ।
Facebook Comments Box