काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नामकरण गरेको छ । क्यानले पूर्व स्वर्गिय अध्यक्ष जयकुमार नाथ शाहको नामबाट राख्ने भएको छ ।
अब माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको शुक्रबार बसेको क्यानको बैठकले उक्त निर्णय गरेको जनाएको छ ।
गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको थियो ।
यसअघि नेपालले उमेर समूह र सिनियरको अन्तर्राष्ट्रिय गरि कुल ६ मैदानमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
टियु नेपालको एकमात्रै पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो । मुलपानी ओडिआई मान्यता पाउने नेपालको दोस्रो मैदान हो । २०२० मा पहिलो पटक नेपालमा टियु मैदानले ओडिआई मान्यता पाएको थियो ।
माथिल्लो मुलपानी क्यानले २००८ मा एकेडेमी संचालनको लागि निर्माण सुरुवात गरेको थियो । तर पछि मैदान अभावपछि नेपालले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ । मुलपानी ओडिआई मान्यता पाउने विश्वको २ सय १६ औं मैदान समेत हो ।