काठमाडौंँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ले फिल्म निर्माण गर्ने भएका छन् । उनले आफ्नै होम प्रोडक्सन बले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका हुन् ।
१२ वर्षअघि ‘लोफर’ फिल्मबाट अभिनय यात्रा थालेका उनले यहि फिल्मबाट ‘बले’ उपनाम पाएका थिए । त्यसयता केही फिल्ममा अभिनय गरेका उनी चर्चामा भने चर्चित हास्य टेलिश्रृङखला ‘भद्रगोल’बाट आएका हुन् ।
अहिले ‘सक्किगोनि’मा नियमित देखिँदै आएका उनी म्युजिक भिडियोमा समेत उत्तिकै रुचाइएका छन् । दर्शकहरुको मायालाई आत्मसाथ गर्दै आफूले फिल्म निर्माण गर्ने सोच बनाएको लम्सालले बताए ।
फिल्मको स्क्रिप्ट लेखन उनी आफैंले गरिरहेका छन् । जसको काम अन्तिम चरणमा पुगेको लम्सालले बताए । आफुले निर्माण गर्ने फिल्म कमेडी र प्रेमकथामा हुने उनको भनाइ छ ।
पछिल्लो समय म्युजिक भिडियोमा निकै ब्यस्त लम्सालले महिनामा १० देखि १२ म्युजिक भिडियो अभिनय समेत गर्दै आएका थिए ।
तस्बिर : सागरको फेसबुक