काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रूपमा विकास हुनुपर्ने बताए ।
अभिनेता किरण केसीको जन्मदिनमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्त्वपूर्ण रहेको बताए ।
उनले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठुलो कुरा भएको बताए । उनले बाहिर बसेका मानिसलाई व्यङ्ग्य गरेर कुनै फाइदा नभएको पनि उल्लेख गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रूपमा परिवर्तन हुँदै गएकोले सबैले अनुशरण गर्नुपर्ने जिकिर गरे ।
आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै सुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारहरूलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको उनको भनाई छ ।
कार्यक्रममा कलाकार केसीले आफ्नो जन्मदिनको अवसरमा व्यङ्ग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि वैरागी नेपाललाई सम्मान गरेका थिए ।