जनकपुरधाम । पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ ।
पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।
सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो । आगोले गम्भीर घाइते भएका उनी बेहोस भएका थिए ।
तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताए ।
डीएसपी चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box

