Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नबिल बैंकले ‘नबिल ग्रीन विक’ का कार्यक्रम सुरु गरेको छ । नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसरमा अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा बैंकको प्रधान कार्यालयमा दिगोपनप्रति प्रतिबद्धता सहितको एसडिजी गोल्स पेन्टिङ अनावरण गरी ‘नबिल ग्रीन विक’ अभियानको उद्घाटन गरेका हुन् । बैंकले १५ असारदेखि २१ असारसम्म नबिल ग्रीन विकमा केन्द्रित कार्यक्रम राखेको छ । यो साताव्यापी उत्सवमा नबिलले लाजिम्पाट–पानीपोखरी–महाराजगञ्ज सडकखण्डमा वृक्षारोपण गर्ने, हरियो पहिरन लगाउने, टिकटक अभियान सञ्चालन गर्ने योजना बनाएको छ । नबिलको मुख्य कार्यालय परिसरमा दिगो उत्पादन र साझेदारहरूको अभ्यासलाई प्रवर्द्धन गर्न प्रदर्शनी गर्ने कार्यक्रम रहेको बताइएको छ ।
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले मेसन माउन्टलाई चेल्सीबाट अनुबन्ध गर्ने सहमति गरेको छ । बेलायती सञ्चारमाध्यमका अनुसार युनाइटेडले ५ वर्षका लागि इंग्ल्याण्डका मिडफिल्डरलाई अनुबन्ध गर्नेछ । यसका लागि क्लबले ५.५ करोड करोड पाउन्ड र थप ५० लाख पाउन्ड एडअनका रुपमा तिर्नेछ । २४ वर्षीय खेलाडी यो सिजन एरिक टेन हागको पहिलो अनुबन्ध हुनेछन् । आगामी सिजनको च्याम्पियन्स लिगमा टोली छनोट भएसँगै उनी आफ्नो टोलीलाई थप सशक्त बनाउने प्रयासमा छन् । उता गत सिजन ६० करोड खर्चेको चेल्सीले फाइनान्सियल फेयर प्लेका लागि ३० जुनभन्दा अघि खेलाडीहरुलाई बेच्नुपर्ने बाध्यतामा रहेको छ । यसअघि चेल्सीले युनाइटेडले राखेको तीनवटा अफरहरु अस्वीकार गरेको थियो । माउन्ट…
काठमाडौं । पोल्यान्डमा व्यावसायिक आइस हकी खेलिरहेका एकजना खेलाडीमाथि रुसको जासुस भएको आरोप लागेको छ । पोल्यान्डको मेजर लिग हकी प्रतियोगिता खेल्ने ती खेलाडीले लामो समयदेखि रुसको जासुसका रुपमा काम गरिरहेको आरोप वार्साका अधिकारीहरुले लगाएका हुन् । वार्साका अधिकारीहरुले ती खेलाडी नाम भने सार्वजनिक गरेका छैनन् । उनीहरुले ती खेलाडीमाथि छानबिन भइरहेको जनाएका छन् । ती खेलाडी रुसको नागरिक भएको पनि समाचारमा जनाइएको छ । अन्य कुनै विवरण सार्वजनिक गरिएको छैन । ती खेलाडीलाई जुन ११ तारिखमा पोल्यान्डको दक्षिणी सहर सिलेसियाबाट सुरक्षा अधिकारीले पक्राउ गरेको समाचारमा जनाइएको छ । पोल्यान्डको आन्तरिक सुरक्षा समिति (एबीडब्लू) ले अन्य केही ब्यक्तिमाथि पनि छानबिन…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगमी असोजमा हुने भएको छ । शुक्रबार बसेको बोर्ड बैठकले साउनमा जिल्ला, भदौमा प्रदेश र असोजमा केन्द्रतको चुनाव गर्ने निर्णय गरेको हो । जिल्लाको निर्वाचन साउन मसान्तसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेशको निर्वाचन भदौ १० गतेसम्म गर्ने निर्णय गरेको छ । केन्द्र अर्थात क्यानको निर्वाचन असोज ५ र ६ गर्ते हुने भएको छ । त्यस्तै क्यानले मुलपानी माथिल्लो मुलपानी मैदानको नामकरण गरेको छ । क्यानका पूर्वअध्यक्ष स्वर्गिय जयकुमार नाथ शाहको नामबाट जय कुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको जनाएको छ । क्यानले जनरल म्यानेजर वृतान्त खनालको राजीनामा स्वीकृत…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले माथिल्लो मुलपानी क्रिकेट मैदानको नामकरण गरेको छ । क्यानले पूर्व स्वर्गिय अध्यक्ष जयकुमार नाथ शाहको नामबाट राख्ने भएको छ । अब माथिल्लो मुलपानीको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान हुने भएको शुक्रबार बसेको क्यानको बैठकले उक्त निर्णय गरेको जनाएको छ । गत वैशाखमा एसिसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भएको थियो । यसअघि नेपालले उमेर समूह र सिनियरको अन्तर्राष्ट्रिय गरि कुल ६ मैदानमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । टियु नेपालको एकमात्रै पूर्ण अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट मैदान हो । मुलपानी ओडिआई मान्यता…
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गरेका छन् । उनले संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरु, संविधानसभा सदस्यहरु, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनासमेत गरे । संसद् दिवसका अवसरमा…
तस्बिर: फाइल फोटो पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।’ ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी…
छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उनले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताए । नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानी गर्न आग्रह गरे । “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ । हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उनले भने…
२५ साउनमा अनलाइनन्यूज७ ले पहिलोपटक निर्दोष सिपाहीहरुको व्यथालाई समाचार बनाएर प्रकाशित गरेको थियो। ‘सेनाको बदमासीः ‘कोर्टमार्सल’ गरिएका दुई जना निर्दोष सिपाही दुई बर्षदेखि प्रताडित’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सर्वत्र चासोको विषय बन्यो। त्यसपछि हामीले पीडितका परिवारलाई भेट्न अवसर पायौं। चितवन पुगेर पीडित परिवारका सदस्यलाई भेटेरै निर्दोष हुँदाहुँदै पनि उनीहरुलाई जेलमा राखिएको र मुद्दाका क्रममा परिवारका सदस्यलाई दिइएको यातनाको वृत्तान्त हामीले यसअघिका श्रृखंलामा लेखिसकेका छौं। पीडित परिवारलाई दिइएको मानसिक तथा शारीरिक यातनाको विषयमा हामीले खबरदारी गरिरह्यौं। मेनस्ट्रिमका मिडियाहरुले जतिबेला समाचार लेख्ने आँट पनि गरेनन्। झुटो अभियोगमा दुई सैनिकले झुटो अभियोगमा जेल सजाय भोगिरहेको भन्दै हामी समाचार लेख्न पछि हटेनौं। हामीले निरन्तर…
काठमाडौं । निर्देशक दिनेश राउतको आगामी फिल्ममा अभिनेताद्दय प्रदिप खड्का र पल शाह सँगै देखिने भएका छन् । भदौबाट फ्लोरमा जाने फिल्मको कथा विकास सुवेदीले लेखिरहेका छन् । सामाजिक विषयबस्तुमा निर्माण हुन लागेको फिल्मम पहिलो पटक प्रदिप र पलले सहकार्य गर्न लागेका हुन् । फिल्मकै लागि भनेर पल अनुप बरालसाग अभिनय क्लास लिने तयारीमा रहेका छन् ।