Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । रौतहटमा दाइजो नल्याएको भन्दै श्रीमती र छोरीको हत्या भएको छ। मौलापुर नगरपालिकामा श्रीमानसहित परिवारका सदस्यहरु मिलेर आमा छोरीको हत्या गरेको आरोप छ । मौलापुर नगरपालिका,४ बौधा पतौरा धिरेन्द्र साहकी श्रीमती २४ वर्षीय माला भन्ने कविता साह र उनकी दुई वर्षकी छोरी आरोही साहको शुक्रबार राति परिवारका सदस्यहरुले निर्घात कुटपिट गरेर हत्या गरेका हुन् । उनीहरुको तीन वर्षअघि विवाह भएको थियो । विहेअघि कबोल गरेको दाइजो दिन नसकेका कारण आफ्नी छोरी र नातिनीको हत्या गरेको मृतकका बाबु विजयशंकर साहले बताए । मोटरसाइकल, पलंग, भैंसी, सिक्री माइतीबाट लिएर आइज भन्दै ज्वाईले छोरीमाथि दवाव दिँदै आएको र आफुले दिन नसकेका कारण…
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका दार्चुलाका वडाध्यक्ष कारागार चलान भएका छन् । जबरजस्ती करणी गरेको आरोप लागेका दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि कारागार चलान भएका हुन् । अध्यक्ष धामीमाथि गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महिलालाई जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि वडाध्यक्ष धामीलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले प्रकाउ गरेको थियो । प्रहरीले धामीलाई २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा…
छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त संरचनालाई सुरक्षित राखेको छ । सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरे । चीनले सो संरचनालाई एकत्रित गरेर पर्यटकीयस्थलका रूपमा विकास गरेको छ । सो भूकम्पमा परी करिब ७० हजार नागरिकको ज्यान गएको थियो । भूकम्पबाट क्षतिग्रस्त क्षत्रमा भएको पुनःनिर्माण तथा भूकम्पको अध्यान अवलोकन गर्नका लागि वार्षिक ३० लाख मानिस पुग्ने गरेका…
पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताए । शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री डा. महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’ उनले थप भने, ‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेका छौं ।’ उनले अर्थतन्त्रमा सुधार आइरहेकाे जिकिरपन गरे । ‘यसका बाबजुद अर्थतन्त्रमा सुधारको संकेत देखिएका…
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणपछि चर्चामा छ बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरण । गत मंगलबार सोही प्रकरणमा केही भिआईपीहरु पक्राउ परे, अनि चर्चाको विषय बनेको हो । जग्गा हिनामिना प्रकरणमा २ वर्षअघि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ दुई करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । तर, गत मंगलबार उनै गुरुङ एकाएक पक्राउ परे । त्यसपछि थाहा भयो ललिता निवास जग्गा प्रकरणको फाइल पुनः खोलिएछ । देशका ठूलाठूला व्यक्तिहरुसँग राम्रै उठबस रहेका गुरुङ पक्राउ पर्नुले धेरै प्रश्नहरु उब्जिएको छ । जबकी गुरुङको प्रधानमन्त्री पुष्पकमल दाहालसँगसमेत राम्रै सम्बन्ध रहेको बताइन्थ्यो । त्यतिमात्र नभएर भाटभटेनीमा दाहालको पनि लगानी रहेको सुनिएको थियो…
काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । लोन दिने सम्बन्धमा बैंक र जिडब्लुएम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रा.लि. बीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा भिजी इम्पेक्स–जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र नबिल बैंकको हेड अफ रिटेल लेन्डिङ चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुई कम्पनीबीच जिडब्लुएमको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधनहरु ९हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता भएको बैंकले जनाएको छ । अब ग्राहकहरुले नबिल बैंक मार्फत कुनैपनि जिडब्लुएमका गाडी खरीद गर्दा…
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ४७ पैसा र बिक्री दर १६६ रूपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर…
काठमाडौँ । साउन १ गतेदेखि कार्यान्वयनमा जाने तयारी वस्तुको आयातमा लेवलिङ प्रणालीको सन्दर्भमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चासो देखाएको छ । शुक्रवार अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको नाडाका प्रतिनिधिहरूले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटी स्पेयर पार्टहरूको सन्दर्भबारे जिज्ञासा राखेका हुन् । साउन १ गतेदेखि पैठारी हुने तयारी माल बस्तु बजारमा बिक्री वितरणका लागि पठाउनुअघि त्यस्ता माल वस्तुको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेबल लगाएर मात्र पठाउनुपर्ने भन्ने विषयमा अटो स्पेयर पार्टस्हरुमा कार्यान्वयन कठिन हुने नाडाको भनाइ रहेको छ । छलफलमा अध्यक्ष थापाले सो व्यवस्था सम्बन्धमा जिज्ञासा राख्दै उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको…
काठमाडौँ । सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय सम्झौता भएको छ । सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेबीच द्धिपक्षीय सम्झौता भएको हो । सनराइज क्यापिटलले समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई प्रदान गरिने सहुलियतहरु: निःशुल्क डिम्याट खाता खोल्ने सुविधा ।डिम्याट खोलिएको एक आ.व.को डिम्याट शुल्कमा छुट ।पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५०% तथा पर्फरमेन्स शुल्मा २०% छुट ।निःशुल्क पोर्टफोलियो परामर्श सेवानिः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवाआवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था गरिने । समाज डेण्टल हस्पिटलले सन्राइज क्यापिटल लि.का कर्मचारी ग्राहकहरुलाई प्रदाद गरिने…
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक पुनः अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेको हो । सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो । पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु गरिएको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत…