Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँचजना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । मन्त्रालयले शुक्रबार राती बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जारी गरेको सूचनामा उल्लेख छ । बढुवा सिफारिस हुनेहरुमा एसपीहरु वसन्त रजौरे, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर ओली र चन्द्रदेव राई रहेका छन् । बढुवामा बरियतामा अघि रहेका पाँचैजना सिफारिस भएका हुन् ।
राजविराज । सप्तरी प्रहरीले राइफलको गोलीसहित दुई युवकलाई बुधबार नियन्त्रणमा लिएको छ । हुलाकी सडकअन्तर्गत सप्तरीको खड्ग नगरपालिका-११ बाट पाँच राउन्ड राइफलको गोलीसहित सिरहाको लक्ष्मीपुर पतारी-२ का १९ वर्षीय धर्मजितकुमार यादवलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका यादवसँग रहेका सप्तरीको खडग नगरपालिका-११ का १८ वर्षीय हरिशंकरकुमार यादवलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
आईजीपीको निर्देशन– ‘गुन्डागर्दी गर्नेसँग उठबस नगर्नू, लोभ/लालचमा पर्ने कसैलाई छाडिन्न’
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएको बताएका छन् । स्कुपखबरसँगको कुराकानीमा आईजीपी कुँवरलले सबै प्रहरी अकिारीहरुलाई इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएको बताए । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए । आईजीपी कुँवरले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’ उनले गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न निर्देशन दिँदै प्रहरीको छवि सुधार्नका लागि इमान्दारिता देखाउनु पर्ने बताए ।
काठमाडौं । प्रहरी समायोजन गर्नका लागि मधेस प्रदेश सरकारले संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ । बुधबार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न समय सीमा दिएका हुन् । सम्वभतः आज मुख्यमन्त्री यादवले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेछन् । पत्रकार सम्मेलनमा उनले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अप्ठेरो भएको बताए । उनले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सिमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणबद्ध आन्दोलन गर्ने बताए । ‘प्रहरी प्रशासन अहिलेसम्म हाम्रो मातहतमा आएको छैन । जबकि संघले पनि प्रहरी ऐन बनाइसकेको छ ।…
काठमाडौं । रुकुम पश्चिम र जाजरकोटमा — शुक्रबार मध्यराति गएको भूकम्पको केन्द्र जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक बाटोमा सल्यानबाट ‘गायब’ भयो । यो सामान खोजबिन हुँदै थियो, तर बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गर्न थालिएपछि ट्रक नै उता लगिएको खुल्यो । माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् । भूकम्पपीडित रुकुम पश्चिममा पनि छन्, जाजरकोटमा पनि । सार्वजनिक योगदानमा संकलित राहत पीडितको आवश्यकताका आधारमा वितरण हुनुपर्नेमा राजनीतिक पहुँच देखाउन उपयोग गरिएको आरोप छ । भूकम्पबाट सबैभन्दा बढी क्षति बेहोरेको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले…
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाई हुँदै, के अर्का रिगल बन्लान् ?
काठमाडौं । सरकारबाट कैद माफी पाएका रेशम चौधरीको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । चौधरीलाई कैद माफी दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा यसअघि सर्वोच्च अदालतले कारण माग्ने आदेश गरेको थियो । गत जेठ २४ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारलाई के कारणले माफी दिइएको हो भन्ने जवाफ माग्दै आदेश गरेको थियो । रिट निवेदनलाई प्राथमिकतामा राख्दै सर्वोच्च अदालतले अग्राधिकार दिने निर्णय गरे पनि मुद्दाको सुनुवाइ हुन सकेको थिएन । आजदेखि मुद्दाको सुनुवाइ सुरु हुनेगरी पेसीमा राखिएको सर्वोच्चले जनाएको छ । गणतन्त्र दिवसमा कैद माफी मिनाहा भएर छुटेका चौधरीलाई टीकापुर घटनामा अदालतले जन्मकैद सजाय ठहर्याएको थियो ।…
काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार केसीले ‘पेशागत अभिवृत्ति परीक्षण प्रश्नोत्तर’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल प्रहरीमा भर्ना हुन इच्छुकहरुका लागि उपयुक्त हुने उक्त पुस्तक सेवामा रहेका र नवप्रवेशीले खरिद गरी उपयोग गर्न सक्नेछन् । आफू कार्यरत रहेको नेपाल प्रहरीका इन्स्पेक्टर र प्रहरी सहायक निरीक्षक (असई) तहका लागि लक्षित गरेर पेशागत अभिवृत्ति परीक्षण प्रश्नोत्तर नामको पुस्तक बजारमा ल्याएको इन्स्पेक्टर केसीले बताए । पेशागत अभिवृत्तिका लागि उक्त पुस्तक उपयोगी रहेको उनले बताए । उक्त पुस्तकले प्रहरी सेवामा प्रवेश गरी मुलुकको सेवा गर्न चाहने उम्मेदवारहरूका सहयोगी भूमिका निर्वाह गर्ने इन्स्पेक्टर केसीको बुझाइ छ । ‘परिमार्जित पाठ्यक्रममा आधारित यस पुस्तकमा २०…
११ कात्तिक २०८० : जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख रहँदा नायब उपरीक्षक (डिएसपी) भीमलाल भट्टराई निलम्बनमा परे । रक्सी खाएर एक महिलामाथि दुव्र्यवहार गरेको उजुरीपछि उनलाई गृह मन्त्रालयले निलम्बन गरेको हो । २१ असोज २०८० : प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल लुटपाटलमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । मंगलबार मात्र पक्राउ परेका उनीहरूले एक महिनाअघि मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेको बताइएको छ । पाँचैजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । बर्दीको आडमा उनीहरुले निजी गाडीमा ठमेलबाट बालुवाटार जाने…
काठमाडौं । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई तानेको छ । एसपी खड्कालाई अपराध अनुसन्धान विभागमा तानिएको प्रधान कार्यालयले जनाएको छ । यद्यपी, अहिले नै खड्काको ठाउँमा अर्को एसपीलाई जिम्मेवारी दिइसकेको भने छैन । आरती शाह मृत्यु प्रकरण मुद्दामा विवादमा तानिएपछि एसपी खड्कालाई धनुषाको जिम्मेवारीबाट हटाइएको स्रोत बताउँछ ।