काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार केसीले ‘पेशागत अभिवृत्ति परीक्षण प्रश्नोत्तर’ नामक पुस्तक बजारमा ल्याएका छन् । नेपाल प्रहरीमा भर्ना हुन इच्छुकहरुका लागि उपयुक्त हुने उक्त पुस्तक सेवामा रहेका र नवप्रवेशीले खरिद गरी उपयोग गर्न सक्नेछन् ।
आफू कार्यरत रहेको नेपाल प्रहरीका इन्स्पेक्टर र प्रहरी सहायक निरीक्षक (असई) तहका लागि लक्षित गरेर पेशागत अभिवृत्ति परीक्षण प्रश्नोत्तर नामको पुस्तक बजारमा ल्याएको इन्स्पेक्टर केसीले बताए । पेशागत अभिवृत्तिका लागि उक्त पुस्तक उपयोगी रहेको उनले बताए ।
उक्त पुस्तकले प्रहरी सेवामा प्रवेश गरी मुलुकको सेवा गर्न चाहने उम्मेदवारहरूका सहयोगी भूमिका निर्वाह गर्ने इन्स्पेक्टर केसीको बुझाइ छ ।
‘परिमार्जित पाठ्यक्रममा आधारित यस पुस्तकमा २० सेट नमूना प्रश्नहरु समावेश गरिएको छ,’ इन्स्पेक्टर केसीले भने, ‘पेशागत व्यवहारिक परीक्षणलाई मुख्य रुपमा जोड दिइएको छ ।’ सम्बन्धित विषयविज्ञहरुको सहयोगमा पुस्तक तयार पारिएको इन्स्पेक्टर केसीले बताए ।
इन्स्पेक्टर केसीको प्रहरी सहायक निरीक्षक असई क्याप्सुल पुस्तक यसअघि नै प्रकाशित भइसकेको छ । उनले विभिन्न विधामा लेखहरु समेत लेखिरहेका हुन्छन् ।
