Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
बाँके । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । नेपालन्ज उपमहानगरपालिका-२२ बस्ने ५५ वर्षीय मोहमद् हाफिम खाँलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको २०६६ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी भएर स्वदेश फिर्ता भएका छन् । उनी अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सचिवालयले मंसिर १२ देखि १५ गतेसम्म आयोजना गरेको महासभामा सहभागी हुन भियना गएका थिए । उनीसँगै महासभामा सहभागी भएका इन्टरपोल शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासहितको टोली पनि स्वदेश फिर्ता भएका हुन् । उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायउत वरिष्ठ प्रहरी अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । भ्रमण सफल भएको प्रहरी अधिकृतहरुले दाबी गरेका छन् । महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका…
काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाभित्र क्यासिनो प्रवेश गराउन विभिन्न व्यक्तिलाई आधार कार्ड बनाइदिएको आरोपमा गोविन्द खड्का, नविन राई र विनोद न्यौपानेलाई पक्राउ गरेको हो । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, उपत्यकाभित्र भएका क्यासिनोहरुमा हुने विभिन्न अपराधिक क्रियाकलापमाथि सुक्ष्म निगरानी गर्दा नेपाली नागरिक पनि प्रवेश गरेको पाइएपछि अनुसन्धान थालिएको थियो । त्यसक्रममा खड्काले आधार कार्ड बनाइदिने गरेको खुलेपछि उनीसहित थप दुई सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ । ‘करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु’, सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् । संसदीय सुनुवाइ समितिले सरकारले गरेको क्यानडाको लागि सिफारिसलाई अनुमोदन गरिसकेको छ । उनले अब केही दिनमा क्यानडा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि अस्पताल भर्ना भएको सचिवालयले जनाएको छ । गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुगेका थिए । उनको निजी सचिवालयका अनुसार लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ । आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको बताइएको छ ।
काठमाडौं । भारतीय चर्चित टीभी सो ‘सीआईडी’ का कलाकार दिनेश फडणीसको निधन भएको छ । सीआईडीमा ‘फ्रेड्रिक्स’ को भूमिकामा अभिनय गर्ने कलाकारको आइतबार राति निधन भएको हो । उनको जन्म सन् १९६६ मा भएको हो । उनका सहकर्मी एवं कलाकार दयानन्द सेट्टीले दिनेशको मृत्यु भएको जानकारी दिएको बीबीसीले समाचारमा जनाएको छ । सेट्टीका अनुसार दिनेशको निधन स्थानीय समयअनुसार आइतबार राती १२ बजेर ८ मिनेटमा भएको हो । उनी गत नोभेम्बर ३० (मंसिर १४ गते) देखि मुम्बईमा रहेको कान्दिवली अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।बीबीसी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ स्थित प्रहरीको सुरक्षा पोष्टबाट ५ किलो चाँदीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–३ का ३२ वर्षीय राम भट्ट, भरतपुर महानगरपालिका–२९ का २७ वर्षीय मिनबहादुर गुरुङ र भारत महाराष्ट्रका २४ वर्षीय विजय मारुती छन् । सोमबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ७१४० नम्बरको कारलाई सुरक्षा जाँच गर्दा कारको पछाडी लुकाई ल्याएको ५ किलो चाँदीसहित उनीहरुलाई पक्राउ गरेको वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चाँदी, कार र तीनै जनालाई जिल्ला प्रहरी कार्यालय लगिएको छ ।
काठमाडौं । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय ठहर गरिएको छ । घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् ।
काठमाडौं । बबरमहलस्थित कानुन किताबखाना व्यवस्था समितिको कार्यालय रहेको भवनमा नेपाल प्रहरीको ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’को कार्यालय छ । कार्यालय प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जिबन कुमार श्रेष्ठ । एसएसपी श्रेष्ठ गत २८ पुस २०७९ देखि ब्यूरो प्रमुखको जिम्मेवारीमा छन् । ब्यूरोमा हाजिर भएकै दिन एसएसपी श्रेष्ठले मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । जतिबेला प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्ने एसएसपी श्रेष्ठको प्रतिबद्धता पनि थियो । सोहीअनुसार मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोली…
काठमाडौं । आइतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका पाँचजना सदस्यहरुलाई पक्राउ गरेको छ । कार्यालयले युवतीहरुलाई यौनकार्यमा लगाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–३ घर भएका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गा लिखु–७ घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी–६ घर भएका ४४ वर्षीय सेते सार्की, सल्यान कपुरकोट–५ घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट बिदुर–६ घर भएका ३० वर्षीय अमृत रोक्का रहेका छन् । उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान बढाइएको कार्यालयले जनाएको छ । उनीहरुले विभिन्न व्यक्तिलाई अनलाइनमार्फत सम्पर्क गरेर युवतीलाई यौन व्यवसायमा लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको…