काठमाडौं । बबरमहलस्थित कानुन किताबखाना व्यवस्था समितिको कार्यालय रहेको भवनमा नेपाल प्रहरीको ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’को कार्यालय छ । कार्यालय प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जिबन कुमार श्रेष्ठ ।
एसएसपी श्रेष्ठ गत २८ पुस २०७९ देखि ब्यूरो प्रमुखको जिम्मेवारीमा छन् । ब्यूरोमा हाजिर भएकै दिन एसएसपी श्रेष्ठले मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
जतिबेला प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्ने एसएसपी श्रेष्ठको प्रतिबद्धता पनि थियो । सोहीअनुसार मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोली सम्भावित बेचबिखन हुने ठाउँ र व्यक्तिहरुको सूचना संकलनमा निरन्तर लागिपर्यो ।
मानव बेचबिखन विश्वव्यापी समस्या हो । ब्यूरोमा हाजिर हुनुअघि नेपाल पनि यो समस्याबाट ग्रस्त रहेको एसएसपी श्रेष्ठको बुझाइ थियो । सूचना संकलन गर्ने क्रममा नेपालमा पनि बेचबिखन नयाँनयाँ शैली र स्वरुपमा भएको पाइयो ।
त्यतिमात्र नभएर मानव बेचबिखनमा नयाँ नयाँ आवरणमा दलालहरु पनि सक्रिय रहेको सूचना ब्यूरोले पायो । विभिन्न प्रलोभन देखाएर विदेश पठाउने भन्दै नेपाली युवती बेचिने गरेको सूचना ब्यूरोका अधिकृतसमक्ष पुगेको थियो ।
आर्थिक अवस्था कमजोर भएका युवतीलाई प्रभावमा पारेर उनीहरुलाई यौनदासी बनाउने गरेको तथ्य पत्ता लगाएसँगै उद्दार तथा अपरेशनमा जुट्यो ब्यूरोको छुट्टै एक टोली । उक्त टोलीले २ ठूला घटनाको समेत सफल अनुसन्धान गरेर मान्छे पक्राउ गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका युवतीलाई प्रभावमा पारेर उनीहरुलाई यौनदासी बनाउने गरेको तथ्य पत्ता लगाएसँगै उद्दार तथा अपरेशनमा जुट्यो ब्यूरोको छुट्टै एक टोली । उक्त टोलीले २ ठूला घटनाको समेत सफल अनुसन्धान गरेर मान्छे पक्राउ गरेको छ ।
नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करी गर्ने गिरोहको नाइके र थाइल्याण्ड लैजाने भन्दै झुक्याएर जबरजस्ती म्यानमार पुर्याएर शारीरिक तथा मानसिक यातना दिने व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो । जुन घटना ब्यूरोको लागि ठूलो उपलब्धी हो ।
ब्यूरो अमेरिकामा बसेर नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गत ५ भदौमा पक्राउ गरेको हो । ५२ वर्षीय मृदुल भन्ने गौतमले सयौं नेपालीलाई तल्लो बाटो हुँदै अमेरिका पुर्याउने गरेको खुलेको थियो ।
जतिबेला उनले आफूले अवैध बाटो हुँदै सयौं नेपालीलाई अमेरिका पुर्याएको प्रहरीसमक्ष स्वीकार समेत गरेका थिए । उनी आफैं सन् २००५ मा अवैध बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए । तर उनी पहिलोपल्ट अमेरिका पुगेका भने होइनन् ।
त्यस्तै ब्यूरोले पाएको अर्को सफलता थाइल्याण्ड लैजाने भनी झुक्याएर म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको आरोपमा चिनियाँ नागरिक पक्राउ गर्नु हो । ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जुलाई ब्यूरोले गत असार २७ गते काठमाडौंबाट पक्राउ गरेको हो ।
चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौंमा अस्थायीरूपमा बस्ने उनलाई दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मारलगायतका देशमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीका आधारमा ब्यूरोले पक्राउ गरेको हो ।
त्यस्तै भारतलगायत खाडी मुलुकहरुबाट बेचबिखनमा परेका युवतीहरुको उद्दार समेत गरेको छ । सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको प्रभावकारी समन्वय गरी बेचबिखनमा परेका युवतीहरुको उद्दार गर्न ब्यूरोको टोली सफल भएको एसएसपी श्रेष्ठ बताउँछन् ।
त्यतिमात्र नभएर ब्यूरोले मसाज र स्पा सेन्टरको नाममा नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने, विभिन्न प्रलोभन देखाएर भारतमा पुर्याएर नेपाली युवतीहरु बेच्ने र विदेशबाट नेपालमा आएर कोठी चलाउनेहरुलाई समेत पक्राउ गरेको छ ।
त्यस्तै भारतलगायत खाडी मुलुकहरुबाट बेचबिखनमा परेका युवतीहरुको उद्दार समेत गरेको छ । सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको प्रभावकारी समन्वय गरी बेचबिखनमा परेका युवतीहरुको उद्दार गर्न ब्यूरोको टोली सफल भएको एसएसपी श्रेष्ठ बताउँछन् ।
ब्यूरो प्रमुख रहेका उनी भन्छन्, ‘केही दिनअघि मात्र रोगजारीको प्रलोभन देखाएर भारतको दिल्लीमा पुर्याई बन्धक बनाई यौन गतिविधिमा लाग्न दबाब दिने एक महिलालाई समेत पक्राउ गरेका छौं । उनी पक्राउसँगै केही युवतीहरुको उद्दार समेत भएको छ । जुनकुरा हाम्रो लागि एउटा महत्वपूर्ण उपलब्धि हो ।’
एसएसपी श्रेष्ठको कार्यकालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषाको नाममा हुने सम्भावित मानब बेचबिखनको जोखिममा रहेका ७ हजार ६ सय जनालाई खाडी मुलुक जानबाट समेत रोकेर विमानस्थलबाट फर्काएको ब्यूरोको तथ्यांकमा छ । यो तथ्यांक अघिल्लो वर्षको तुलनामा धेरै हो ।
बेचविखन कतिले खुल्ला सीमाको प्रयोग गरेर भारत हुँदै त कसैले भिजिट भिसामा हवाइ मार्ग प्रयोग गरेर विदेश पुर्याएर बेच्ने गरेको छ । ब्यूरोले सरोकारवाला संघसंस्थासँग सहकार्य गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको एसएसपी श्रेष्ठ बताउँछन् ।
एसएसपी श्रेष्ठ लागूऔषध नियन्त्रण अनुसन्धान ब्यूरोको निमित्त प्रमुख हुँदा समेत ७ दिन अपरेशन चलाएका थिए । जतिबेला ५१ केजी कोकिन बरामद भएको थियो । उक्त बरामद कोकिन अहिलेसम्मकै धेरै रहेको ब्यूरोले जतिबेला दावी गरेको थियो ।
मानव बेचबिखन मानव सभ्यताकै लागि कलंक हो । अझ हाम्रो जस्ता गरिब मुलुकका लागि बेचबिखनको जालोले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रलाई नै प्रभावित गर्ने गरेको छ । त्यसैले साझा समस्या बनेको यसतर्फ सबैको ध्यान पुग्न जरुरी छ ।
एसएसपी श्रेष्ठ लागूऔषध नियन्त्रण अनुसन्धान ब्यूरोको निमित्त प्रमुख हुँदा समेत ७ दिन अपरेशन चलाएका थिए । जतिबेला ५१ केजी कोकिन बरामद भएको थियो । उक्त बरामद कोकिन अहिलेसम्मकै धेरै रहेको ब्यूरोले जतिबेला दावी गरेको थियो ।
त्यस्तै प्रहरी उपरीक्षक (एसपी) हुँदा उनले जल्ला प्रहरी कार्यालय, कास्की र सिराहाको समेत सफल कमाण्ड गरेका थिए । मिडियामा धेरै आउन नचाहने उनी प्रहरी संगठनमा इमान्दार अधिकृतको छवि बनाउन सफल भएका छन् ।
