काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । सरकारले पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।
‘करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु’, सामाजिक सञ्जालमा पौडेलले लेखेका छन् ।
संसदीय सुनुवाइ समितिले सरकारले गरेको क्यानडाको लागि सिफारिसलाई अनुमोदन गरिसकेको छ । उनले अब केही दिनमा क्यानडा पुगेर आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।
Facebook Comments Box
