काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा समस्या भएपछि अस्पताल भर्ना भएको सचिवालयले जनाएको छ ।
गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो । गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएपछि उनी थप उपचारको लागि मङ्गलवार साँझ अस्पताल पुगेका थिए ।
उनको निजी सचिवालयका अनुसार लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको छ ।
आंशिक अवरोध रहेको भागमा डा अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिवेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको बताइएको छ ।
Facebook Comments Box
