Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी उपरीक्षकको सरुवा हुँदा केही जिल्ला प्रहरी प्रमुख समेत फेरिएका छन् । बारा, कास्की, सुनसरी, सप्तरी, कपिलवस्तु, भक्तपुर, रौतहट, नुवाकोट, इलाम, दाङलगायत जिल्लाको प्रमुख फेरिएका छन् ।
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीमा धेरै खालका व्यक्तिहरु संलग्न रहेको बताएका छन् । शुक्रबार पोखरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको कुरा थाहा पाएपछि सरकारले अनुसन्धान सुरु गरेको बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने, ‘त्यस तस्करीमा धेरै खालका मान्छेहरुको सेटिङ छ । सेटिङ नभइकन त्यसरी सुन तस्करी हुने कुरा असम्भव हो ।’ ठूलो मात्रामा सुन तस्करी हुने गरेको थाहा पाएपछि त्यसमाथि अंकुश नलगाइ देशका अर्थतन्त्र सन्तुलित ढंगले अगाडि बढाउन नसकिने निष्कर्षसहित सरकारले त्यसमाथि प्रहार गरेको उनले बताए । गत साउन ३ गते गैरकानुनी रुपमा…
काठमाडौं । प्रहरी सेवा प्रवेशदेखि नै संगठनमा इमान्दार छवि बनाएका बसन्त कुँवर नेपाल प्रहरीका ३० औं महानिरीक्षक (आईजी) हुन् । प्रहरी प्रहरीजस्तै हुनुपर्ने मान्यता राख्ने कुँवरको संगठनभित्र निडर र साहसिक छवि छ । १० चैत २०७९ देखि प्रहरी संगठनको नेतृत्व सम्हालेका कुँवर छोटो समयमै धेरैको मन जितेका छन् । ५३ वर्षीय कुँवर ब्यक्तित्व तथा स्वास्थ्यका दृष्टिकोणले पनि उत्तिकै फिट र आकर्षक देखिन्छन् । करिब ८० हजारको प्रहरी फोर्सको नेतृत्व गरिरहेका कुँवरमा न कुनै चिन्ता छ, न त कुनै तनाव नै । उनी ‘स्टेट फरवार्ड’ शैलीका छन् । त्यही शैलीमा काम गर्ने उनको स्वभाव छ । सिंगो प्रहरीको कमाण्ड सम्हाल्ने कुँवरले…
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले व्यावसायीक जीवनमा पदोन्नती महत्वपूर्ण रहने बताएका छन् । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै अर्यालले व्यावसायीक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरुप पदोन्नती भएको बताएका हुन् । आईजी अर्यालले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै संगठनस्थापना पश्चात संगठनको साख बृद्धिमा टेवा पुर्याउनुहुने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकहरुको दायित्व रहेको उल्लेख गरे । महानिरीक्षक अर्यालले भ्रष्टाचार बिरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न…
काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी-२० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित हासिल गरेको छ । जारी खेलमा आज बहराइनलाइनलाई १० विकेटले पराजित गर्दै नेपालले लागतार दोस्रो जित हासिल गरेको हो । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो। कविता १७ र सीता २ रनमा नटआउट रहे। मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा ३१ रनमा समेटियो। त्यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले हराएको…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले इन्चार्जको रुपमा एक वर्ष अवधी पुगेका प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी)को सरुवा तयारी थालेको छ । तर, सरुवाको लागि चर्को चलखेल भएको पाइएको छ । सबैभन्दा बढी चलखेल एसपीहरुले जिल्ला इन्चार्ज र डिएसपीहरुले काठमाडौं उपत्यकाको वृत्तहरुको लागि भइरहेको छ । जहाँ जान केही प्रहरी अधिकृतहरुले राजनीतिक भिटो अर्थात पावर प्रयोग गरिरहेका पाइएको हो । सुनसरी, रौतहट, बारा, कपिलवस्तु, पूर्वी नवलपरासी, इलाम, धनकुटा, उदयपुर, नुवाकोट, कास्की, भक्तपुर र डोटी लगायतका जिल्लाका एसपीको एक वर्ष पुगेको कारण सरुवा हुँदैछ । जहाँ जान केही एसपीहरु खुट्टा उचालेर बसेका छन् । विशेषगरी सुनसरी, बारा, रौतहट, रुपन्देही, कपिलवस्तु,…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको तस्करीको ६० किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङको नागरिकताबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । तिब्बती मूलका बेल्जियन नागरिक छिरिङले काभ्रे जिल्ला प्रशासन कार्यालयबाट लिएको नेपाली नागरिकताबारे छानबिनका लागि गृहले समिति गठन गरेको हो । गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएको हो । ठमेल सथित ‘होटल भियना’को सञ्चालक समेत रहेका छिरिङले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नागरिकता लिएको भेटिएको छ । दावा छिरिङको साथमा ३०–०१–७४–११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ । उनले २०७४ पुस २० मा नागरिकता लिएका थिए । सुन प्रकरणमा पक्राउ गरिएका…
काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी आरोपमा एक पुरूष पक्राउ परेका छन् । काठमाडौं नरेफाँट बस्दै आएका इलाम नगरपालिका-९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका हुन् । उनलाई सोमबार साँझ काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीविरूद्ध किशोरीले सूर्यविनायक नगरपालिका-९ पलाँसेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । झूटो खबर फैलाउनेलाई कारबाहीको माग गर्दै गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी छन् । उनले केही कागजपत्र मिलाउनुपर्ने भएका कारण अष्ट्रेलियाको भिसामा भएको ढिलाइको विषयलाई लिएर सामाजिक सञ्जालमा ‘मलाई अष्ट्रेलियाले ब्ल्याकलिष्टमा राखेको’ भन्ने झूटो खबर फैलाइएको भन्दै आज जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी हुन् । ‘विभिन्न अतिरञ्जित कुराहरु लेखी हुँदै नभएका कुराहरु, विनाप्रमाण, विभिन्न समाचारहरु प्रेषित गरी फेसबुक पेजबाट मेरो इज्जत, प्रतिष्ठामाथि आँच आउने कार्य गरी समाचार लेखी पोष्ट गरेका व्यक्तिहरु खोजतलास गरी कानूनी कारबाही गरी पाउँ र उक्त आईडीहरु बन्द गराइ पाउँ भनी श्रीमानसमक्ष यो निवेदन लेखी पेश गरेको छु’, उनले दिएको निवेदनमा…
चितवन । आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान आदेश भएका व्यवसायी प्रदीप रूङ्टा बिरामी भएको भन्दै अस्पतालमै उपचार गराइरहेका छन् । गत साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रूङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष तथा व्यापारी शङ्कर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा उनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो । तर उनी सोही दिनदेखि उपचार गराइरहेका हुन् । अदालतको आदेश लगत्तै बिरामी भएका रूङ्टा तत्कालै भरतपुर अस्पतालमा भर्ना भएका थिए । उनी केही दिन उपचारपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको बुझिएको छ । उनलाई भरतपुर कारागार…