काठमाडौँ । प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाललाई प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएको छ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न आजदेखि ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको महानिरीक्षकको सचिवालयले जानकारी दिएको छ।
प्रहरी नायव महानिरीक्षक ढकाललाई ९८५१२–९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने जनाइएको छ।
Facebook Comments Box
