Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै दल मिलेर कोशी प्रदेश सरकार बचाउनुपर्ने धारणा राखेका छन् । दलहरुले सरकार बनाउँदा विधिलाई उल्लंघन गरेका कारण अदालतसम्म पुगेको र अदालतबाट सच्याउने अवसर प्राप्त भएको थापाको भनाइ छ । नेता थापाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित सबै दल मिलेर सरकार बनाउनु उपयुक्त हुने उल्लेख गरे । कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउन एमालेले प्रस्ताव अघि सार्नुपर्ने थापाको भनाइ थियो ।
खार्तुम । सुडानको राजधानी खार्तुमस्थित खुला तथा व्यस्त बजारमा भएको हवाई आक्रमणमा ३५ जनाको मृत्यु भएको छ । ६० जनाभन्दा बढी घाइते भएका छन् । सेनाका लडाकु विमानले दक्षिणी खार्तुमस्थित क्वोरो मार्केटमा बम वर्षा गरेको स्थानीय बासिन्दाले जनाएका छन् । सुडानमा सेना र अर्ध सैनिक बल- र्यापिड सर्पोट फोर्स ‘आरएसएफ’ बीच गत अप्रिलदेखि भिडन्त हुँदै आएको छ । सुडानमा कार्यरत स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय परोपकारी संस्था डक्टर्स विद्आउट बोर्डर्सले विस्फोटमा परी अङ्गभङ्ग भएका र अन्य घाइतेको ज्यान जोगाउने प्रयास जारी रहेको जनाएको छ । केही अन्तर्राष्ट्रिय समाचार संस्थाले मृत्यु हुनेको संख्या ५० को नजिक पुगेको बताएका छन् । सेना प्रमुख अब्देल फताह…
काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल पुलिस स्कुल साँगामा आयोजित एक समारोहबीच आइतबार उक्त सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी भएको सम्झौताका लागि काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिदै नेपाल प्रहरीका कर्मचारीका सन्ततीहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततीहरूलाई समेत…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि पनि बलात्कार बलात्कारको आरोप लागेको छ । आइतबार दिउँसो उनीविरुद्ध बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको बुझिएको छ । त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । तर महिला सेलले पीडित पक्षको रित नपुगेको भनि फर्काइ दिएको छ । आज पीडितले पुन रित पुर्याएर निवेदन दिने बताइएको छ । यदी रित पुगेर निवेदन आएमा क्रिकेटर शेखमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ । यसअघि क्रिकेटर सन्दिपमाथि पनि एक नावालिकाले बलात्कार आरोप लगाएकी थिइन् । सन्दिपविरुद्धको मुद्धामा अझै अनुसन्धान जारी छ ।
काठमाडौ । प्रहरीले रूकुम पश्चिमका एक बोर्डिङ स्कूलका प्रिन्सिपल र सञ्चालक पक्राउ गरेको छ । प्रहरीले आत्महत्या दुरूत्साहन मुद्दा परेपछि भ्याली पब्लिक स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई पक्राउ गरेको हो । जिल्लाको चौजहारी नगरपालिका– १ मा रहेको भ्याली पब्लिक स्कुलमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्। घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए । सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि कर्मभारीहरुले आजबाट भन्सार ठप्प पार्न लागेका हुन् । सामुहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीले आजबाट त्रिभुवन बिमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पुर्ण कार्य बन्द गर्ने भएका हुन् । आज पनि माग सम्बोधन नभए भोली पनि कार्गो शाखाका सबै काम बन्द गर्ने घोषणा गरिएको छ । आइतबार उनीहरुले तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक बिरोध सुरु गरेका थिए । भदौं २७ गतेसम्म पनि माग सम्बोधन…
काठमाडौं । चेक बाउन्सको केसमा प्रहरीले अब रकम दिने व्यक्तिको स्रोत पनि खोज्न सुरु गरेको छ । प्रहरीको अनुसन्धानमा पैसा दिएको रकम कहाँबाट आएको हो ? बैंकिङ च्यानलबाट हो वा होइन भन्ने छुटाउनको लागि चेक लिने व्यक्तिको रकमको स्रोत समेत खोज्न थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले बताए । ‘बाउन्सको केसमा शंकास्पद रकम समेत देखियो। त्यसैले दिने र लिनेको कारोबारमा स्रोत पुग्छ कि पुग्दैन भनेर हेर्न पनि भनेका छौं, ‘ उनले भने। यसअघि प्रहरीमा चेक बाउन्सको उजुरी परेपछि लिने र दिनेलाई रकम तिर्न समय दिइन्थ्यो। त्यसपछि मात्र चेक दिने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिएको थियो। अब…
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले लामो समय सत्ता चलाएकाहरुको सातो गएको बताएका छन्। समाजवादी मोर्चाले हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम शुरु गर्ने आफ्नो योजनाअनुरुप भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गरिरहेको प्रचण्डले दावी गरे । उनले सरकार भ्रष्टाचारलाई निर्मूल पार्दै सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको प्रष्ट पारे । हिजो कुशासन चलाउनेहरु अहिले सरकारले शुरु गरेको अभियानबाट आत्तिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी गरिरहेको प्रधानमन्त्रीको भनाई छ । सरकारको अभियानबाट आत्तिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा…
नेपाल प्रहरी श्रीमती संघको हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित हरितालिका तिज २०८० को अवसरमा विशेष शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सम्पन्न भएको छ । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले सम्पूर्णमा तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्भाव कायम राख्न सहयोग पुगोस् भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताइन् । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्भाव वृद्धि गर्न योगदान पुर्यामउने विश्चास उनले व्यक्त गरिन् । सोही अवसरमा संघका पदाधिकारी तथा सदस्यहरूद्वारा कविता वाचन, नृत्य लगायतका विविध सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा निजामती कर्मचारी श्रीमती संघकी अध्यक्ष श्रीमती अन्जना अर्याल,…
काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण गरेका छन् । कार्यालयको निरीक्षण गर्दै प्रहरी महानिरीक्षक कुँवरले विमानस्थल सुरक्षालाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरुको नि:स्वार्थ सेवा प्रवाह आवश्यक हुने बताए । निष्ठावान, ईमानदार एवम् सिर्जनशील भई अबैध क्रियाकलाप रोकथाम, तस्करी नियन्त्रण, यात्रुमैत्री व्यवहार, Smart Policing, आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडित वर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने आईजी कुँवरले बताए । साथै उनले विमानस्थलबाट प्रस्थान/ आगमन हुने यात्रुहरुलाई सुरक्षाको प्रत्याभूति हुने गरी सेवा प्रदान गर्न निर्देशन समेत दिए ।