सर्लाही । सर्लाहीको बलरामा एक युवती घरमै मृत फेला परेकी छन् । मृत्यु हुनेमा बलरा नगरपालिका–४ जब्दी बस्ने छोटेलाल सहनीकी २१ वर्षीया श्रीमती पूजा देवी छिन्।
मंगलबार राति घरमै उनको शव शंकास्पद अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ । मृतक पूजा देवीको घाँटीमा डाम देखिएको र उनका पति छोटेलाल तथा ससुरा जयनारायण सहनी फरार भएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
घटना हुनुअघि घरमा विवाद भएको जानकारी समेत स्थानीयबाट पाएको प्रहरीले जनाएको छ । घटना अनुसन्धानका लागि मृतक पूजा देवीकी सासु बनारसी देवीलाई नियन्त्रणमा लिइएको छ ।
Facebook Comments Box
