Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
डिएसपी रिजालको कमान्डमा करिब ५५ लाखको अवैध लत्ताकपडा लगायतको सामानहरुसहित ट्रक पक्राउ
कृष्ण यादव वीरगन्ज । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जले भन्सार छलि गरि ल्याएको अवैध लत्ताकपडा अटोसहित मानिस पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भन्सार छलि गरि भित्राएको लत्ताकपडासहित वीरगन्ज वडा नम्बर १० गाहवाका विरेन्द्र साहलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी गुल्म वीरगन्जका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको ना १ ह ८९८१ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा भन्सार छलि गरि ल्याएको कुर्था सुरवाल करिब २ लाख ५० हजार रुपैयाँ बराबरको लत्ताकपडासहित अटो नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका लत्ताकपडा, मानिससहित अटो आवशयक कार्यबाहीको…
वीरगंज । पर्सा प्रहरीले एक महिनाको अवधिमा ठुलो मात्रामा ५ करोड ८७ लाँख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री पक्राउ गरेको जनाएको छ । पर्साका विभिन्न नाकाहरुमा कडाई गरि प्रहरीले एक महिनाको अवधिमा चोरी पैठारी गरि ल्याएको अवैध सामग्री ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैया बराबरको बरामद गरि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए । पर्सा प्रहरीले राजस्व अभिवृद्धी तथा भन्सार चोरी पैठारी न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत महिनामा १ करोड २३ लाख ४६ हजार ४९९…
काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा राजधानीको तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरुङ रहेकी छन् । उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीको प्रहरीले उद्धार गरेको छ । मुनु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले…
जनकपुरधाममा मधेश प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु, गृहमन्त्री लामिछाने गरे समुद्घाटन
जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको उपस्थितमा जनकपुरधाममा मधेश प्रदेशस्तरीय गोष्ठी सुरु भएको छ । गृहमन्त्री लामिछाने र मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीको उद्घाटन गरेका हुन् । गोष्ठीमा मधेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, प्रदेश प्रहरी कार्यालय र आठै जिल्लाका सुरक्षा अधिकारीहरु सहभागी छन् । गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती, सुरक्षा तथा विपद् व्यबस्थापन, सेवा प्रवाह र शान्ति सुरक्षा कायम राख्न अपनाइने रणनीति विषयमा छलफल हुने मधेश प्रदेश गृह मन्त्रालय सचिव विरेन्द्र कुमार यादवले जानकारी दिए । गोष्ठीअघि गृहमन्त्री लामिछानेले आरती साह मृत्यु प्रकरणबारे अनुसन्धानमा खटेका सुरक्षा अधिकारीसँग र मिटरब्याज पीडितहरुसँग समेत छलफल गरेका थिए । मिटरब्याजको समस्या…
काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणका लागि विनियोजित बजेट हिनामिना गरेको आरोपमा पोखरेलसहित ८ जनाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार २८ लाख ३७ हजार २१७ रुपैयाँ बिगो कायम गरी उनीहरूलाई बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए । दुई दशकदेखि चेम्बरमा आवद्ध अग्रवालको उद्योग वाणिज्य क्षेत्रमा ४० वर्ष लामो व्यावसायिक अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातोकोत्तर गरेका छन् । निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवम् शुभकामना व्यक्त गरे । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपककुमार मल्होत्रा निर्विरोध निर्वाचित भएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं…
काठमाडौ । म्याग्दीकी मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बनेकी छन् । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो । नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा सोमबार प्रहरीमा भर्ना भएकी हुन् । यही हिमालय प्रोजेक्ट अन्तर्गत प्रहरी तालिम प्राप्त गरी भर्खरै पास आउट भएकी मीरा पुनमगर पहिलो नेपाली महिला प्रहरी बनेकी नेपाली भाषी समुदायले बताएका छन् । उनको अभिभावक लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन् । करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही…
प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामीप्रतिको सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहन्छ : आईजीपी कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामीप्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन आग्रह गरेका छन् । मंगलबार नेपाल प्रहरी अस्पताल महाराजगंजको ४० औं वार्षिकोत्सव समारोहमा बोल्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीलाई उनले निर्देशन समेत दिए । अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र प्रभावकारी तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस…
काठमाडौ । कैलालीको घोडाघोडी नगरपालिका- १० ठेबारस्थित एक घरमा दिदीबहिनी मृत फेला परेका छन् । मंगलबार बिहान करिब ७ बजे टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन् । प्रहरीका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन् । उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । तर, बैठक चलिरहँदै गर्दा महामन्त्री गगनकुमार थापा र नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्रीलाई भेट्न बालुबाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएको बताइएको छ । सभापति देउवाले दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिँडेका हुन् । प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् । आज प्रतिनिधि सभा बैठक…