काठमाडौं । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । तर, बैठक चलिरहँदै गर्दा महामन्त्री गगनकुमार थापा र नेता कृष्णप्रसाद सिटौला प्रधानमन्त्रीलाई भेट्न बालुबाटार पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटवार्ताका लागि बोलाएका थिए । सभापति देउवाले महामन्त्री थापासहित सिटौलालाई पठाएको बताइएको छ ।
सभापति देउवाले दलको बैठक चलिरहेको बेला प्रचण्डले बोलाएको जानकारी गराएका थिए । त्यसलगत्तै बैठक चलिरहेकै बेला थापा र सिटौला बालुवाटार हिँडेका हुन् ।
प्रतिनिधि सभा बैठक सञ्चालन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले कांग्रेस नेतासँग छलफल गर्न लागेका हुन् । आज प्रतिनिधि सभा बैठक बस्दैछ ।
