Author: Scoop Khabar

काठमाडौं । प्रहरी प्रधान कार्यालय मातहतको मानवस्रोत विभाग प्रमुख छन्, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भिम प्रसाद ढकाल । एआईजी ढकालको २८ वैशाखमा बढुवा/पदस्थापनासँगै ३ जेठमा मात्र विभागको जिम्मेवारी सम्हालेका हुन् । प्रहरी कर्मचारीहरुको नयाँ नियुक्ति, पदस्थापन, सरुवा, काज, बढुवा, राजीनामा, अवकाश, निवृत्तिभरण, उपदान, असाधारण सुविधा सिफारिससँग सम्बन्धित कार्यहरु कर्मचारी प्रशासन शाखाबाट सम्पादन हुने गर्छ । त्यसैले यो विभाग महत्वपूर्ण मानिन्छ । अझै प्रहरीको सरुवा बढुवामा यो विभागको ठूलो हात हुने गर्छ । ७९ हजार ५४१ संख्यामा रहेका प्रहरीको सरुवादेखि बढुवाको सूची यस विभागबाट सार्वजनिक भएपछि आधिकारिक हुने भएकाले यहाँ जान एआईजीहरु निकै मरिहत्ते समेत गर्छन् । विभाग प्रमुख हुँदा आफूअनुकुल…

थप

काठमाडौ । सशस्त्र प्रहरीका बलका निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सगरमाथाको सफल आरोहरण गरेका छन् । उनले आज बिहान १०ः२० मा सगरमाथा आरोहण गरेका हुन् । आरोहणपछि सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले पौडेललाई बधाई ज्ञापन गरेका छन् । इन्स्पेक्टर पौडेल सि. सं. ९ ब्याचका अधिकृत हुन् । उनी पहिलो प्रयासमा नै सगरमाथाको आरोहण गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका कर्मचारीले पहिलो पटक सगरमाथा आरोहण गरेका हुन् ।

थप

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात थियो । समाचार एजेन्सी रोयटर्सले अनुसार एक इरानी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको उल्लेख गरेको छ । उद्धारकर्मी सोमबार बिहान घटनास्थल पुगेका थिए । दुर्घटना स्थलको मौसम निकै खराब रहेकोले उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न निकै कठिनाइ भएको थियो । टर्किले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको थियो । टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा अत्यधिक तापको स्रोत भेट्टाएको तस्वीर सार्वजनिक गरेको थियो । टर्कीले प्राप्त गरेको यो सूचना इरानलाई जानकारी गराएको…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले शुक्रबार ४ जनालाई नायब महानिरीक्षक डिआईजी)मा बढुवा सिफारिस गरेसँगै बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको लागि समेत बाटो खुलेको छ । रिक्त पद पूर्तिको लागि प्रधान कार्यालयले तयारी थालेको हो । प्रहरीमा हाल ४ एसएसपीको पद नै रिक्त छ । जसमध्ये २०७४ साउनमा प्रहरी उपरीक्षक (एसपी) भएका विमल बस्नेत पहिलो नम्बरमा रहेका छन् । तर, उनी प्रहरी संगठनमा विवादित प्रहरी अधिकृत हुन् । एसपी हुँदा निलम्बनमा परेका थिए । त्यसपछि एसपी हिरा बहादुर पाण्डे दोस्रो नम्बरमा छन् । एसपी पाण्डे सिराहा प्रहरी प्रमुख हुँदा नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएपछि निलम्बनमा परेका…

थप

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबारदेखि ‘समीक्षा यात्रा’ सुरु गरेको छ । पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका दुर्बल पक्ष पहिचानका लागि रास्वपाले समीक्षा यात्रा सुरु गरेको हो । यात्रा असार ५ गतेसम्म ३२ जिल्लाका ४८ स्थानमा केन्द्रित रहने जनाइएको छ। पार्टी महामन्त्री मुकुल ढकालको नेतृत्वमा नागरिकको घर–दैलोमा गएर पार्टीमा भएका सही, गलत तथा थप सुधार गर्ने विषयमा यात्रा केन्द्रित हुने रास्वपाले जनाएको छ । वैशाख २१ गते बसेको सचिवालय बैठकले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाउने निर्णय गरेको थियो । यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले…

थप

पोखरा । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पोखरा ७ रत्नचोकबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १५ हजार २ सय २५ रुपैयाँ बरामद भएको छ । स्थानीय अर्जुनकुमार श्रेष्ठको घरमा उनीहरुले तास खेलेका थिए । पक्राउ पर्नेमा अर्जुनसँगै सोही ठाउँका ६३ वर्षीय शिवबहादुर विक, ५२ वर्षका बसन्त केसी, ३६ वर्षका बसन्त लामा, ४५ वर्षका कृष्ण रावत र ५६ वर्षका गोकर्ण श्रेष्ठ छन् । सबैलाई ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

थप

बिराटनगर ।इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरज कुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा कार्यरत प्रहरी जवान शम्शेर बहादुर मगर बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषित भई पुरस्कृत भएका छन् । कोशी प्रदेश भरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुको छनौट गरी पुरस्कृत गर्दै आईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले बैशाख महिनामा उत्कृष्ट कार्य गर्ने उनीहरुलाई महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । पुरस्कृत भएका भुजेलले ईटहरीमा भएका हत्याका घटनाहरुका प्रतिवादीहरुलाई पक्राउ गर्नुका साथै लागुऔषध कारोबारीहरुलाई समेत पक्राउ गर्न सफल भएको तथा मगरले तालिम केन्द्रमा बाधापार…

थप

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा सवारहरुको अवस्था अझै अज्ञात रहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् । यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो । टर्किले हेलिकप्टर पत्ता लगाउन ड्रोन पठाएको र सो ड्रोनले दुर्घटनास्थल पत्ता लगाएको मिडिया रिपोर्टमा…

थप

काठमाडौं । प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका २० वर्षीय राधेश्याम शाह रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले विएमसी स्कुल नजिक ७५ वर्षीया शारदा थापाको एक तोला ९२ लाल सुन लुटपाटमा सरोजकुमार र माथिल्लो भङ्गालमा सुमित्रा श्रेष्ठको सुन लुटपाटमा संलग्न राधेश्यामलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेका…

थप

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सरुवा भई जाने प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई आफू कार्यरत रहँदासम्मको जिल्लाको समग्र प्रतिवेदन बुझाएर मात्रै जान निर्देशन दिएका छन् । गृहसचिव अर्यालले जिल्लाको समग्र वस्तुस्थिति, शान्ति सुरक्षाको अवस्था एवं सुधार गर्नुपर्ने विषयहरूसमेत समावेश गरी प्रतिवेदन तयार गरेर नयाँ आउने प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र गृह मन्त्रालयमा पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘अन्य कर्मचारीहरूको हकमा प्रमुख जिल्ला अधिकारीले सम्बन्धित शाखा÷फाँटको कामको अद्यावधिक विवरण लिएर मात्र रमाना दिने प्रबन्ध मिलाउने,’ गृहसचिवस्तरीय निर्णयमा भनिएको छ । मुलुकको शान्ति सुरक्षाको जिम्मेवारी बोकेको गृहमा रेकर्ड सिस्टम कायम गर्न र थप व्यवस्थित तथा मजबुत बनाउन प्रतिवेदन अनिवार्य गरिएको…

थप