काठमाडौ । सशस्त्र प्रहरीका बलका निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सगरमाथाको सफल आरोहरण गरेका छन् । उनले आज बिहान १०ः२० मा सगरमाथा आरोहण गरेका हुन् ।
आरोहणपछि सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले पौडेललाई बधाई ज्ञापन गरेका छन् । इन्स्पेक्टर पौडेल सि. सं. ९ ब्याचका अधिकृत हुन् ।
उनी पहिलो प्रयासमा नै सगरमाथाको आरोहण गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका कर्मचारीले पहिलो पटक सगरमाथा आरोहण गरेका हुन् ।
Facebook Comments Box
