Author: Scoop Khabar

काठमाडौ । बाँके प्रहरीले स्रोत नखुलेको १ करोड ३० लाख ४८ हजार ७ सय नेपाली रुपैयाँ बरामद गरेको छ । त्यस्तै, १५ लाख ४० हजार भारतीय रुपैयाँ बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्जबाट दुई दिनको अवधिमा सो रकम बरामद गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराले जानकारी दिए । ‘रकमसँगै आइतबार र सोमबार अपरेशन चलाएर ३ वटा समूहका ८ जनालाई पक्राउ गरेका छौ,’ एसपी बोहराले भने, ‘बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ ।’ एसपी बोहराका अनुसार आइतबार ३९ लाख २० हजार रुपैयाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगञ्जका हफिक अहमद पक्राउ…

थप

काठमाडौं । नेकपा (एमाले) गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । आइतबार नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार थापा २८० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मतसहित निर्वाचित भए । उपाध्यक्षका उम्मेदवारहरु कमल दानीले १२१ मत र कृष्ण काप्रीले ७१ मत मात्रै प्राप्त गरे । सचिवमा काजीराम रोका ३५३ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत प्राप्त गरे । त्यसैगरी, उपसचिवमा मनोज जोशी २६५ मतसहित निर्वाचित हुँदा विष्णु पन्तले ११४ मत प्राप्त गर्दा सन्जित श्रेष्ठले ६७ मत मात्रै प्राप्त गरे ।…

थप

काठमाडौं । नेपाल प्रहरीमा विद्यमान ३० वर्षे सेवा अवधि हटाउने चर्चा बेला-बेलामा हुने गर्छ । तत्कालीन प्रहरी महानिरीक्षक (आईजी) धीरज प्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउँदै गर्दा प्रहरी नियमावली संशोधन गर्न लागि परेका थिए । सिंहले नियमावली संशोधन गरेर ३० वर्षे सेवा अवधि हटाउन तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई दबाब पनि दिएका थिए । तर, उनको प्रयास सफल भने हुन सकेन- लगत्तै सरकार परिवर्तन भइदियो । अहिले फेरि पुनः ३० वर्षे सेवा अवधि हटाउने चर्चा सुरु भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा ३० वर्षे सेवाहद जसरी पनि हटाउनुपर्ने उपप्रधान तथा गृहमन्त्री…

थप

काठमाडौं । आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । अछाम प्रहरीले आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरेको हो । अछामको मङ्गलसेन नगरपालिकाका अन्दाजी ३५ वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ । बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोपितलाई घरबाट पक्राउ गरी अदालतबाट म्याद थप भई अनुसन्धानको प्रक्रियामा रहेको बताइएको छ । बालिकाको जिल्ला अस्पताल अछाममा स्वास्थ्य परीक्षणपछि आमाछोरीलाई सेफ हाउसमा…

थप

काठमाडौँ । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायव निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ । उपचारको क्रममा माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जिवन श्रेष्ठले बताए । फागुन २० मा जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट उनि घाइते भएका थिए । उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो । दुर्घटना गराउने बसका चालक नवराज गिरीलाई प्रहरीले ‘सवारी ज्यान’ सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

थप

काठमाडौं । सर्लाही प्रहरीले ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाही बागमती नगरपालिका-१० सोल्टी नहर अस्थाई प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट खटिएको साझा पोसाका प्रहरी समेतको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा ४ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीका अनुसार शंकरपुरबाट सोल्टी तर्फ जादै गरेको बिआर ३० दव्लु ५८८३ नम्वरको मोटरसाईकलाई चेकजाँच गर्ने क्रममा मोटर साइकलमा सवार एक जना व्यक्तिसँग ४ राउण्ड अबैध गोली फेला परेको हो । एसपी ज्ञवाली भने, ‘सुरुमा मोटरसाइकल चालक जिल्ला सर्लाही मंलगवा नगरपालिका- १ बस्ने वर्ष २१ को पोसन…

थप

काठमाडौँ । सर्लाही प्रहरीले पर्सा गाउँपालिका–२ स्थित सङ्ग्रामपुरबाट अपहरणमा परेका बालकको उद्धार गरेको छ । बुधवार कुरकुरे किन्न गएका ४ वर्षीय अङ्कित कुमार राम अपहरणमा परेका थिए । अपहरणमा संलग्न भारतको सितामढी घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए । एसपी ज्ञवालीले अज्ञात व्यक्तिले बालक अपहरण गरेको सुचना आएलगत्तै तत्काल सबै मातहतका प्रहरीहरुलाई ‘हाईअर्लट’मा राखेर खोजतलास गर्दा सकुशल बालकको उद्दार गर्न र बच्चा चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको बताए । बिहीबार बिहान लालवनी बस्ने धिरेन्द्र रामको वर्ष ४ को छोरालाई अज्ञात व्यक्तिले अपहरण गरी लगेको थियो ।…

थप

काठमाडौ । रवि लामिछानेले गृह मन्त्रालय रोज्नुको कारणबारे बोलेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गरेलगत्तै बुधवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सुरुमै गृह मन्त्रालय रोज्नुको कारणबारे स्पष्ट पारेका हुन् । उपप्रधानमन्त्री लामिछानेले आम नागरिकले महसुस गर्न सक्ने गरी काम गर्न आफूले गृह मन्त्रालय रोज्नुपरेको बताए । उनले विगतका मन्त्रीहरुको जस्तै निरन्तरता मात्रै होस् भन्ने सोच बनाएर गृह मन्त्रालय रोजेको नभई फरक किसिमले आम नागरिकले महसुस गर्नसक्ने गरी काम गर्न सकिन्छ भन्ने आत्मविश्वासका आफूले गृह मन्त्रालयको कार्यभार लिएको बताए । उपप्रधानमन्त्री समेत रहेका लामिछानेले त्यस अवसरमा आफ्नो कुनैपनि दबाब र प्रभावमा नपरी कानुनी राज्यको स्थापनाका लागि काम…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छलीको लाखौं मुल्यसहित जीप र ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपक गिरीका अनुसार मंगलबार जीप र बुधबार सामान सहितको ट्रक नियन्त्रणमा लिएको हो । प्रहरी नायव उपरीक्षक गिरीले भने, ‘महाकाली नदिमा ट्युब तथा डुङ्गाको प्रयोग गरी भारतबाट प्याज, चिनी, सुर्तिजन्य पदार्थलगायतका किराना सामान ग्रामिण सडक हुदै जिल्ला भित्रिदैं छ भन्ने सूचनाका आधारमा हामीले नियन्त्रणमा लिएका हौं ।’ मंगलबार राती जिल्लाको दोगडाकेदार गाँउपालिका- ७ खोचलेक स्थित दार्चुला रोड हुदै बैतडी सतबाँज तर्फ आउदै गरेको से १ ज ७१८ नम्बरको बलेरो जिपलाई प्रहरी चेकजाँच गर्न रोक्यो…

थप

काठमाडौ । प्रहरीले सर्लाहीबाट चाेरीकाे ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएकाे छ । जिल्ला सर्लाही लालबन्दी न.पा.-६ जनबादी चोकस्थित पूर्व पश्चिम राजमार्गमा विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले चाेरीकाे बिआर. ०६ जिए ५१८८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएकाे हाे । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधि ज्ञवालीले ट्रकलाई चेकजाँच गर्दा र कागज पत्र चेकजाँच गर्दा, उक्त सवारी दर्ता किताबमा रहेको ईन्जिन नम्बर र चेसिसमा फरक परेकाे बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा नवलपुरबाट रानीगंजतर्फ जादै गरेको बिआर. ०६ जिए ५१८८ नम्बरको ट्रकलाई शंका लागि रोकी कागज पत्र चेक जाँच गर्दा, उक्त सवारी दर्ता किताबमा रहेको ईन्जिन नम्वर…

थप