काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका– ४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार साँझ उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, र काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन रहेका छन् ।
त्यस्तै काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही पनि जुवाको खालबाट पक्राउ परेका छन् ।
आलेको घरमा जुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुको साथबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ ।
जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
